सहमहामन्त्री पाण्डेमाथि सांसद बजगाईँको निरन्तर प्रहार, करोडौं भ्रष्टाचारको आरोप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ कार्तिक २०८१, बुधबार ०६:२६

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले संस्कृति, पर्यटन एवं नागरिक उड्डयनमन्त्री बद्रीप्रुसाद पाण्डेविरुद्ध भ्रष्टाचारको आरोप लगाएका छन् । नेता बजगाईँले मन्त्री पाण्डेले करोडौं कमिसन खाएर क्यासिनो सञ्चालनको अनुमति दिएको आरोप लगाएका छन् । भैरहवास्थित रोयल टाइगर रिक्रियशन प्रा.लि.का सञ्चालकले मन्त्री पाण्डेलाई करोडौं कमिसन दिएर अनुमति लिएको सुनाएको बताएका हुन्।

सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत मन्त्री पाण्डेका विरुद्ध निरन्तर प्रहार गरिरहेका नेता बजगाईँले मन्त्री पाण्डेले कांग्रेस नेताको घरमा पैसा पठाउन निर्देश गरेको समेत खुलाएका छन् । व्यवसायीले कांग्रेस नेताको घरमा पुर्याएको त्यो पैसा फिर्ता पठाएको र मन्त्री पाण्डेले क्याका भ्रष्ट कर्मचारी हटाउन चाहन्थेँ तर, सभापति र उनका परिवारले दिएनन् भनेर भ्रम छरेको पनि उनले बताएका छन् । उनले ‘तपाईलाई पैसा दिएको हूँ भन्ने कूरा सुन्नेहरू सर्वाधिक क्रेडिबल मान्छे हून् । एक जना गण्डकी प्रदेशका पूर्व मन्त्री नेता छन्’ भन्दै मन्त्री पाण्डेलाई चुनौति दिएका छन् ।

सांसद बजगाईँले मन्त्री पाण्डेलाई लक्षित गरेर सामाजिक सञ्जालमार्फत भनेका छन्ः

‘संस्कृत पढ़्नेले रक्सी मासु खान्छन्, पशुपतिनाथले चिन्दैनन् र ? प्राधिकरणको प्रमुख आफू पाल्ने नेताले नफाल भन्यो भन्ने तपाई मतियार । तपाईलाई पैसा दिएको हूँ भन्ने कूरा सुन्नेहरू सर्वाधिक क्रेडिबल मान्छे हून् एक जना गण्डकी प्रदेशका पूर्व मन्त्री नेता छन् । मैले फोटोहरू पनि राखेकै छु त्यो फोटोहरू अदालतका आदेशका लिपि हुन्। “उस्ले फुर्ती गरे ४० लाख कस्लाई पठाएको थियो सोध्नुस न” भन्ने सन्देश आएको छ। विषय वा प्रसंग मिले तिमीनै दोषी’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर ८, २०८१