मलाई ठग हो भनेर प्रचार गर्नु निन्दनीय छ, पूर्व श्रीमती ज्योतिलाई झिकाई अनुसन्धान गरियोस : धनराज गुरुङ (विज्ञप्तीसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ कार्तिक २०८१, बुधबार ०६:१३

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफू भ्रष्टाचारविरुद्ध इमानदारीपूर्वक निरन्तर लड्दै आएको भएपनि त्यही विषय अहिले आफ्नो टाउकोमा थोपरेर आफ्नो राजनीतिक जीवन समाप्त पार्न खोजिएको दाबी गरेका छन् । उनले आफूलाई सहकारी ठग भनेर गरिएको टिकाटिप्पणीबारे आज एक विज्ञप्ती जारी गर्दै उक्त आरोपको खण्डन गरेका हुन् । उनले आफूले गलत तरिकाले सम्पत्ति कमाएको भए राज्यका निकायले जहिलेपनि छानिबन गर्नसक्ने सुझाएका छन् ।
उनले आफू नेपाल सरकारको कुनैपनि अनुसन्धान गर्ने निकायलाई अनुसन्धानमा सहयोग गर्न तयार रहेको पनि जानकारी गराएका छन् । उनले आफूजस्तो सादगी जीवन बिताउने, निष्ठाको राजनीति गर्ने र सुशासनको पक्षमा जीवनभर लडिरहेको कांग्रेसको इमानदार कार्यकर्तालाई दैनिकजसो सार्वजनिक कार्यक्रम र मिडियाहरुमा ठग हो, दोषी हो भनि कपोकल्पित प्रचार गर्नु निन्दनीय भएको उनको भनाई छ ।

उनले आफू शरिरमा एक थोपा रगत रहेसम्म भ्रष्टाचार, कुशासन र बेथितिका विरुद्ध लडिरहने प्रण गरेका छन् । उनले आफ्नी पूर्व श्रीमती ज्योति गुरुङ जहाँ भएप्नि झिकाई अनुसन्धान गर्न माग गरेका छन् । सहकारीको अपचलन गरेको पैसा पीडितलाई फिर्ता गरिनुपर्ने उनको माग छ ।

यस्तो छ धनराजले जारी गरेको विज्ञप्ती

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर ८, २०८१