न्याय माग्न आन्दोलन गर्नै पर्ने हो ? मुकुन्द सिलवाल

evccfn@gmail.com' rastriyakhabar
२७ कार्तिक २०८१, मंगलवार २०:२३

बिकासको मुल आधारको रुपमा लिईने सडक निर्माण र सडक निर्माणको कारण आम नागरिकमा परेको प्रभावबारे सायद कमै मानिसहरुलाई मात्र जानकारी नहोला । यो समाजका भद्र भलाद्मि,बुद्धिजीवि,राजनीतिकर्मी तथा समाजसेवी सबैलाई सडक निर्माण बाट हुने फाईदा तथा सडक निमार्णको क्रममा गरिने लापर्वाहीको कारण हुने क्षतिको बारेमा पुर्ण जानकारी छ तर सिमित स्वार्थ पुरा हुने आशमा त्यस्ता लापर्वाही र त्यसले आम मानिसको जिवनमा पारेको प्रभाव बारे चुईक्क बोल्दैनन् ।
यतिबेला चक्रपथ उत्तरखण्ड अन्तर्गत पर्ने कलंकी चाबहिल सडक बिस्तार तथा निर्माणको क्रममा रहेको छ । नेपाल सरकार ,भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय ,सडक बिभाग ,काठमाडौं चक्रपथ सुधार योजनाको मातहतमा कार्य भईरहेको यस भागमा भएको लापर्वाहीको कारण लाखौं जन समुदायको स्वास्थ्यमा गम्भिर असर पर्नुको साथै हजारौं हजार साना ब्यवसायीहरुको रोजिरोटी समेत खोसिएको छ ।
२०७५ सालमै चिन सरकारको सहयोगमा बन्ने भनिएको यो भागको अन्तिम डिपिआर समेत भएको छैन भने महाराजागन्ज चोकमा जग्गा प्राप्ति समेत गर्न सकेको अवस्था छैन । यता कर्मचारी पालन पोषणमा राज्यको ढुकुटी बाट अर्बौ खर्च हुने उता बाटोमा हुने धुलो र हिलोले लाखौं नागरिकहरुको स्वास्थ्य तथा दैनिकीमा समेत असर पर्ने गरि भई रहेको यो सडक बिस्तारले जनतालाई सास्ति भन्दा बाहेक केहि दिन सकेको छैन ।
यो सडकखण्ड निर्माणको क्रममा दायाँ बायाँका ट्या«क खोल्ने कार्यहरु भईरहेका देखिन्छन् । यो ट्या«क निर्माणको क्रममा समेत त्यहाँ ब्यवसाय गरेर बसेका ब्यवसायीहरुलाई ठुलो मार परेको छ । दशौं हजार बहाल तिरेर राखेको पसल हिलो र धुलोको कारण व्यपार ठप्प भएपछि दर्जनौं व्यवसायीहरु पलायन हुन समेत बाध्य भएका छन् । पसलमा राखिएका सामाग्रीहरु धुलोले कामै नलाग्ने गरि बिग्रीन थाले पछि व्यवसायीहरुलाई अत्यन्तै अप्ठ्यारो परेको छ । त्यति मात्रै हैन सडकमा भएको खाल्डा खुल्टिको कारण दैनिक दर्जनौं सवारी साधनहरु दुर्घटनाहुँदा मानवीय क्षति समेत भई रहेको छ ।
सडक बिस्तारको क्रममा बनाईने डिपिआर अन्तर्गत पर्ने वातावरणीय प्रभाव मुल्याङ्कन रिपोर्टमा यस क्षेत्रमा हुने प्रभाव र त्यसको न्युनिकरणको लागि गरिने प्रयासहरु स्प्रष्ट लेखिएको हुन्छ र हुनुपर्छ तर सडक बिभागका कर्मचारी र ठेकेदार पक्षको मिलेमतोमा यहाँ लेखिएका मापदण्डको एक प्रतिशत पनि कार्य गरिरहेका हुँदैनन् ।
यस क्षेत्रमा केहि केहि ठाउँमा भने ठुला व्यवसायीहरुले आफ्नो व्यवसाय अगाडीको खालि भागमा पार्कीङ स्थल बनाएर फाईदा समेत उठाई रहेका छन् । सडकमा व्यापार गर्ने फुटपाथ व्यापारीलाई धपाएर ठुला व्यवसायीहरुको पार्कीङस्थल बनाउनु कत्तिको मानवीय कार्य भयो होला ? आम जनमानसमा उठेको यो प्रश्नको उत्तर न स्थानिय सरकार दिन्छ न त्यहाँका जन प्रतिनिधिहरु ।
यो क्षेत्रका आम नागरिकको जन स्वास्थ्य र दुर्घटना न्युनिकरणको बिषयमा आवाज उठाउनु आजको आवश्यकता हो यसकोलागि केहि समाजिक व्यत्तित्वहरुले नेतृत्व गर्दै प्रभावित क्षेत्रका नागरिकहरु संगको सहकार्यमा दबाबमुलक कार्यक्रमहरु गर्नुपर्ने अवस्था देखिएको छ तसर्थ प्रभावित क्षेत्रका आम नागरिक ,व्यवसायी ,सामाजिक अभियन्ताहरुलाई तयार रहन आह्वान समेत गर्दछु ।
जय देश
जय राष्ट्र
(मुकुन्द सिलवाल लामो समयबाट सामाजिक क्षेत्रमा कृयाशिल अभियन्ता तथा गत निर्वाचनमा काठमाडौं बाट लौरो चिन्हका उम्मेदवार समेत हुनुहुन्छ )

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, मंसिर ६, २०८१