काठमाडौं १६ मा नेकपा(माओवादीकेन्द्र)लाई ठुलो धक्का

evccfn@gmail.com' rastriyakhabar
२५ कार्तिक २०८१, आईतवार २३:४३

काठमाडौं । स्थानियतहको उप निर्वाचनको मिति नजिकिदै गर्दा निर्वाचनहुने स्थानिय तहमा राजनैतिक चहलपहल बढ्दै गईरहेको पाईएको छ ।
यसैबिच काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा हुने स्थानिय निर्वाचनमा उम्मेदवारको नामावली टुङ्गो लाग्दै गर्दा नेकपा(माओवादीकेन्द्र)लाई भने ठुलो धक्का लागेको छ ।
काठमाडौं उपत्यकामा कमजोर रहेको माओवादी संगठनमा आबद्ध वडा नम्बर १६ का सकृय नेताहरुले धमाधम राजिनामा दिए पछि मओवादीलाई यस क्षेत्रमा धक्का लागेको हो ।
केहि समय अगाडी मात्रै यस क्षेत्रका नेता तथा काठमाडौं जिल्ला सदस्य समेत रहेका देवेन्द्र कुमार श्रेष्ठले पार्टी परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरे संगै माओवादी बाट यस वडामा स्थानिय नेता दिलिपराज वन्त लाई वडा अध्यक्षको उम्मेदवारी दिने निर्णय भएको थियो ।
सर्वसहमतबाट वन्तलाई उम्मेदवार बनाउने सिफारीस भएको केहि समयमै यस वडाका पार्टी अध्यक्ष सुदन थापा सहितको समुहले यो पार्टीबाट अलग्गिएर स्वतन्त्र उम्मेदवारलाई सघाउने भनि विज्ञप्ति जारी गरे पछि यो क्षेत्रमा माओवादी लाई ठुलो धक्का लागेको हो ।
उप निर्वाचनमा उम्मेदवार चयनको बिषयमा मत भिन्नता भए पछि यसो भएको एक गोप्य श्रोतले जानकारी दिएको छ ।
श्रोत भन्छ “कार्य सम्पादन भन्दा पनि नेताको गोजिको मान्छे खोजेर राख्ने प्रचलनको कारण यस्तो भएको हो । पार्टी अझ नसच्चिए यो लहर देशै भरी चल्ने छ । अझ २०८४ सम्ममा पार्टी भन्दा स्वतन्त्रहरुको संख्या बढ्ने देखिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, मंसिर ६, २०८१