एरोमा ब्राण्डको पानिको बोटलमा भेटीयो दुईथरी मुल्य

evccfn@gmail.com' rastriyakhabar
२४ कार्तिक २०८१, शनिबार १२:४३

काठमाडौं । एरोमा ब्राण्डको पानिको बोटलमा दुईथरी मुल्य भेटिएको छ । आफुलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङले आफ्नो फेसबुक मार्फत प्रशारण गरेको भिडियोमा यस्तो देखिएको छ ।
पछिल्लो समय उपभोक्ता संग संबन्धित बिषयमा फिल्डमै पुगेर भण्डाफोर अभियान चलाई रहेकी तामाङको फेसबुकमा राखिएका भिडियोहरु निकै चर्चामा आई रहेका छन् ।
एरोमा ब्राण्डको पानिको बोतलमा दुई भिन्न मितिमा छापिएका मुल्य सुचिमा फरक परेको देखिएको छ टि एस ७८ , ५—११—२०२४ मा बनेको बोटलमा मुल्य रु २० राखिएको छ भने टि एस ७२ ,२४—१०—२०२४मा बनेको बोटलमा मुल्य रु २५ राखिएको छ ।
काठमाण्डौं उपत्यका तथा देशभरी संचालित पानी उद्योगीहरुले २०७७ सालमा गठीत संसदिय समितिको सिफारिस लाई आधार मानी दुइ वर्ष अगाडी २०७९ साल जेठ १९ गते देखि विभिन्न खाद्यवस्तुको मुल्य वृद्धि हुँदा समेत आम उपभोक्ताको हितलाई ध्यानमा राखी जारमा उद्योग मुल्य रु १८, ढुवानीकर्ता मुल्य रु ३५ डिष्टिव्युटर मुल्य रु ४० र खुद्रा मुल्य रु ४७ , एक लिटर वोटलमा उद्योग मुल्य रु. ११ , ढुवानीकर्ता मुल्य रु १३, डिस्टिव्युटर मुल्य रु १४, खुद्रा मुल्य रु १६ कायम भएको र सो मुल्यमा अहिले सम्म थपघट नगरिएको नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष ध्रुव बहादुर गौतम ले जानकारी गराउँद यो भिडियो प्रशारण भए पश्चात यस प्रति संघको ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
यस बिषयमा सत्य तथ्य के हो पत्ता लगाएर संघकको तर्फबाट सरकारी निकायबाट गरिने अनुगमन र कार्बाहिमा सक्दो सहयोग गरिने सम्म उहाँले जानकारी दिनुु भएको छ ।
स्थानिय सरकार देखि जिल्ला प्रशासन कार्यालय हुँदै बाण्ज्यि बिभागले सम्म अनुगमन गर्ने यस्ता पानि उद्योगहरुमा यसरी उपभोक्तालाई मार पर्ने कार्य हुनुमा व्यवसायी तथा सरकार दुवै दोसि रहेको सामाजिक अभियन्ताहरुले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, मंसिर ६, २०८१