नेपाल पर्वतारोहण संघले ‘ट्रेनिङ इन्स्टिच्यूट’ स्थापना गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ कार्तिक २०८१, शुक्रबार ०६:१३

काठमाडौं । नेपाल पर्वतारोहण संघले अब विशेष गरी पर्वतारोहण क्षेत्रका लागि तालिम प्रदान गर्ने उद्देश्यले ‘ट्रेनिङ इन्स्टिच्यूट’ स्थापना गर्ने घोषणा गरेको छ। संघको वार्षिक साधारण सभाबाट पारित भएको निर्णय अनुसार यो इन्स्टिच्यूटको काम अगाडि बढिरहेको अध्यक्ष निमा नुरु शेर्पाले जानकारी दिए

उनका अनुसार, यस इन्स्टिच्यूटको स्थापना नेपालमा पर्वतारोहण र त्यससँग सम्बन्धित क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको हो। संघले विगतमा पनि पर्वतारोहण सम्बन्धी तालिमहरू प्रदान गर्दै आएको थियो, तर अब संस्थागत रुपमा वर्षभरि तालिम उपलब्ध गराउने योजना बनाइँदैछ।

तलिमका लागि पाठ्यक्रम तयार गरिएको छ, जसले हिमालमा काम गर्ने पर्वतारोहीलगायत अन्य सम्वन्धित क्षेत्रका कामदारलाई विशेष दक्षता प्रदान गर्नेछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर ८, २०८१