रविलाई बुटवल पठाउनेबारे अलमलमा प्रहरी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० कार्तिक २०८१, मंगलवार ०५:५३

काठमाडौं । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले बुटवल पठाउने तयारी थालेको बताइएको छ । गत कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेमाथि सुप्रिम सहकारीको बचत अपचलन अनुसन्धान गर्न बुटवल ल्याउन लागिएको हो ।

सूर्यदर्शन सहकारीको बचत अपचालन र संगठित अपरा कुसुरका आरोपित लामिछानेलाई कास्की प्रहरीले दुई पटक अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको छ । पछिल्लो पटक थप गरिएको म्याद गत कार्तिक १४ गते नै सकिएको छ । तिहार विदाका कारण अहिले उनी कास्की प्रहरी हिरासतमा नै छन् ।

भोलि (मंगलबार) लामिछानेलाई कास्की जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराउने कि बुटवल पठाउने भन्नेमा प्रहरी प्रशासन अलमलमा रहेको बताइएको छ । तराईका जिल्लाहरुको छठ पर्वको बेला रहेको र बढी भिडभाड हुने भएकाले सुरक्षा संवेदनशीलतालाई हेरेर प्रहरीले अझै निर्णय लिन नसकेको स्रोतले बतायो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर ९, २०८१