सबैभन्दा सस्तो डिजायर २१० स्मार्टफोन लञ्च

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० बैशाख २०७१, बुधबार ०५:३३

(एजेन्सी)–आफ्नो फ्ल्यागसिप स्मार्टफोन एचटिसी एमएटको साथमा कम्पनीले सोमबार आफ्नो  गरेको छ । मे महिनाको सुरुमा यो स्मार्टफोन लगभग सबै अनलाइन र रिटेल स्टोर्समा उपलब्ध हुने बताइएको छ । डिजायर २१० कम्पनीको तर्फबाट सबैभन्दा सस्तो स्मार्टफोन हो । यो फोनको मूल्य नेपाली १३,०५० रुपैंया तोकिएको छ । एचटिसीको ग्लोबल सेल्स प्रेसिडेंट र सीएफओ चियालिन चेंगका अनुसार कम्पनीले धेरै समय अगाडिदेखि १५,००० भन्दा कमको स्मार्टफोन लञ्च गर्ने सोचिरहेको थियो । यदि यो स्मार्टफोन भारतको बजारमा सफल भयो भने यसलाई चाँडै नै अरु देशहरुमा लञ्च गरिने छ । चेंगको भनाई अनुसार एचटिसीको मार्केट सेयर ६ देखि ७ प्रतिशत हुने अनुमान गरिएको छ । HTCअरु एचटिसी स्मार्टफोनहरुभन्दा यो फोनको डिजाइन र बनावट अलि कम हुनेछ । जहाँ कम्पनीको हाई एंड स्मार्टफोन मेटालिक बडिमा आउँछ भने डिजायर २१० प्लाष्टिक बडिमा आउनेछ । यो फोनमा चार इन्चको स्क्रिनको साथमा ४८०–८०० पिक्सेलको रिजोलुसन दिनेछ । मूल्यको हिसाबले यो फिचर औसतभन्दा राम्रो मानिने बताइएको छ । कम रिजोलुसनका कारण फोनको भिविंग एंगल पनि केहि राम्रो नहुने मानिएको छ । यो डुुअल सिम एन्ड्रोइड फोन १ गिगाहर्जको मिडियाटेक डुुअल कोर प्रोसेसरको साथमा आउँने बताइएको छ । यसको साथसाथै फोनमा ५१२ एमबी र्याम र चार जीबिको इन्टर्नल मेमोरी पनि रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, पुस ९, २०८१