कांग्रेसको बैशाखी टेकेर दुई तिहाईको धाक नदिन केपी ओलीलाई प्रचण्डको चेतावनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ कार्तिक २०८१, आईतवार ०६:४७

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसको बैशाखी टेकेर दुई तिहाईको धाक नदिन चेतावनी दिएका छन् । आज (शनिबार) पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले भने,‘केपीजीले बेला बेलामा भन्नुहुन्छ, दुई तिहाई छ हामीसँग, तपाईंले खासगरी केपीजीले यो दुई तिहाईको कुरा गरेको विल्कुल सुहाउँदैन । किनकी नेकपा एक्लैको दुई तिहाई थियो, उहाँ प्रधानमन्त्री हुँदा । आफ्नै दुई तिहाईमा बञ्चरो हान्ने नेताले कांग्रेसको बैशाखीको दुई तिहाईको धाक दिन मिल्छ ? आफ्नै दुई तिहाई हुँदा संविधान मिचेर संसद् विघटन गर्नेले अहिले कांग्रेसको बुँईं चढेर मेरो दुई तिहाई भन्नु, कति लाजमर्दो ? त्यसकारण संख्या होईन, सत्य ठूलो कुरा हो । संख्या होईन, जनता ठूलो कुरा हो । हामी सत्य र जनताको पक्षमा छौं । हाम्रो जित हुन्छ । हामी हतारोमा छैनौं । तर, जनतासँग मिलेर समाजवादी क्रान्तिको आधार तयार पार्ने तयारीमा छौं ।’

उनले सरकारले निहुँ खोज्यो भने सदनभित्र विशेष अधिवेशन माग गर्ने र त्यो संख्या आफूहरुसँग भएको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, कार्तिक १२, २०८१