भारतबाट ल्याइएको गाडीमा पाकिस्तानी प्रधानमन्त्री नचढ्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० कार्तिक २०७१, आईतवार १०:०३

काठमाडौं,३० कात्तिक। सार्कको आगामी शिखर सम्मेलनमा सहभागी हुन आउने एक सदस्य मुलुकले भारतबाट ल्याइएका गाडी नचढ्ने भएको छ । सरकारले भारतसँग सहयोगस्वरूप गाडी ल्याएकामा कूटनीतिक रूपमा विरोध जनाउँदै पाकिस्तानी प्रतिनिधिमण्डलले आफू सवार हुने गाडी आफैं ल्याउन लागेको हो ।

nawaj sharif pakistani pm

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झैं पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पनि आफू चढ्ने गाडी आफ्नै मुलुकबाट ल्याउने जानकारी नेपाललाई दिइसकेको उच्च स्रोतले पुष्टि गरेको छ । अन्य अधिकारीको हकमा पनि केही गाडी इस्लामावादबाटै ल्याइने पाकिस्तानले जानकारी दिएको छ ।

भारतबाट ६ वटा बुलेटपु्रफ गाडी काठमाडौं आइपुगेकै दिन शनिबार पाकिस्तानले पनि आफू चढ्ने गाडी आफैं ल्याउने टुंगो लागेको हो । परराष्ट्र प्रवक्ता खगनाथ अधिकारीले कान्तिपुरसँग भने, ‘पाकिस्तानका प्रधानमन्त्रीले पनि आफू चढ्ने गाडीको व्यवस्था आफैंले गर्ने हुनाले सहयोग गरिदिन आग्रह भएको हो । राष्ट्रप्रमुख आउँदा आफ्नै गाडी ल्याउने पुरानै चलन हो ।’

नेपाल सरकारसँग विदेशी राष्ट्रप्रमुखलाई चढाउने बुलेटप्रुफ गाडी नहुँदा यस्तो समस्या परेको हो । ‘सरकारले यहाँ रहेका दुई बुलेटप्रुफ गाडी मर्मत गरेर त्यसमा सवार गराउने भन्दै पाकिस्तानी पक्षलाई विश्वस्त तुल्याउन सकेको भए उनले गाडी ल्याउने थिएनन्,’ एक अधिकारीले बताए । तर त्यसमा ध्यान नदिइएको र मन्त्रालयका अधिकारीहरूले राजनीतिक तहमा कुरा नपुर्‍याएको कारण यस्तो समस्या परेको हो । श्रीलंका, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्सले भने भारतीय सहयोगको गाडी नै उपयोग गर्ने छन् । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया