गोकर्णेश्वर नगरपालिका वडा ४ मा बिध्यार्थीहरुको क्षमता अभिबृद्धि सम्बन्धि अभिमुखिकरण कार्यक्रममा सम्पन्न (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ कार्तिक २०८१, बिहीबार ०७:२८

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा ४   को आयोजना तथा बोष्टर  मिडियाको   सहजीकरणमा आयोजित  बिध्यार्थीहरुको सकारात्मक सोच भावना र  क्षमता अभिबृद्धि सम्बन्धि अभिमुखिकरण कार्यक्रममा सम्पन्न भएको छ ।

वडा न ४   स्थित गोकर्णेश्वर लाइट एकेडेमीको सभाहलमा भएको कार्यक्रममा बिध्यार्थीहरुको सकारात्मक सोच भावना र  क्षमता अभिबृद्धि सम्बन्धि अभिमुखिकरण तथा आत्मविश्वास सहितको जागरण पैदा गर्नको लागि आयोजित कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा राजेन्द्र प्रसाद न्यौपानेले विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो । गोकर्णेश्वर नगरपालिका वडा ४   का वडा सदस्य राजेश श्रेष्ठको सभापतिमा भएको कार्यक्रममा  स्कुलका प्राध्यापक सौर्य आचार्य  सहित शिक्षकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पत्रकार मुकुन्द ढुंगानाले  कार्यक्रम संचालन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण बोष्टर मिडियाले गरेको थियो । कार्यक्रमको  प्रशिक्षक राजेन्द्र प्रसाद न्यौपाने  रहनुभएको थियो ।

कार्यक्रममा वडा सदस्य राजेश  श्रेष्ठले दृढ इच्छाशक्ति र संकल्पलेनै बिध्यार्थीहरुलाई सफलताको   शिखरमा पुर्याउने हुनाले निरन्तर योजना सहित संघर्ष गरी अगाडि बढ्नुपर्ने कुरामा जोड दिदै यस्ता कार्यक्रमले सबैको मनोबल बलियो भएर दृढता पुर्बक आत्मबल बढ्ने हुदा यो कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो ।

स्कुलका प्राध्यापक सौर्य आचार्य ले  बिध्यार्थीहरुको काम कर्तब्य र अधिकार, ब्यवहार सम्वन्धी सिद्धान्त, सहभागितामूलक सिद्धान्त,  बर्तमान समयमा हुनुपर्ने बिध्यार्थीहरुको बिषयबस्तुहरु साथै ब्यक्तित्व विकासहरुका आयामहरुको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा बिध्यार्थीहरुको क्षेत्रमा उत्कृष्ट काम गर्न वा सो क्षेत्रमा सिर्जनशील,  ज्ञान, सीप र अनुभवलाई प्रयोग गरी समाज र राष्ट्र विकासमा अनुकरणीय योगदान पुगोस भनि  बिध्यार्थीहरुको लागि सम्बन्धित तालिम संचालन गरिएको मुकुन्द ढुंगानाले जानकारी गराउनु भएको थियो । तालिममा सहभागीहरुले यस्ता कार्यक्रमले कार्यसम्पादनमा थप बल पुग्ने हुदा आगामी दिनमा पनि राख्नुपर्नेमा जोड दिनुभयो ।  तालिममा सहभागी  १२०  जना बिध्यार्थीहरुको उपस्थिति रहेको थियो भने  बिध्यार्थीहरु सबैलाई स्टेशनरी सहित  प्रमाणपत्र  समेत वितरण गरिएको थियो ।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१