मःम खान डिडिएर डोग्बा नेपालमा !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० कार्तिक २०७१, आईतवार ०९:४३

1415974996200_wps_42_10733496काठमाडौं,कात्तिक ३० – बेलायती फुटबल क्लब चेल्सीका फरवार्ड डिडियर डोग्वा मःम खान नेपाल आए भनेको सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर,उनले काठमाडौंमा आएर मःम खाएको दृश्य अहिले युट्युवमा खुब हेरिन थालेको छ ।

टर्किस एयरलाइन्सको नयाँ बिज्ञापनमा डोग्बालाई काठमाडौंको एउटा रेष्टुरेन्टमा देखाइएको हो । बार्सिलोनाका स्टार लियोनल मेसीलाई विभिन्न देशको परिकार चाख्ने सवालमा जित्ने लक्ष्य लिएर डोग्बा काठमाडौं आइपुगेको र काठमाडौंमा उनीसामु मःम पस्किएको देखाइएको छ ।

विभिन्न देशको परिकार चाख्न निस्किएको डोग्बा सबैभन्दा पहिले नेपाल आउँछन् । काठमाडौंको एउटा रेष्टुरेन्टमा उनलाई मःम,चटनी र भटमासको परिकार पस्किइन्छ । तर रेष्टुरेन्टको भित्तामा पसलका साहुले मेसी आफ्नो पसलमा आएको बेला खिचाएको तस्बिर देखेर डोग्बा चित खान्छन् ।

नेपालबाट उनी जापान,साइबेरिया,साहरा भरुभूमिमा रहेका रेष्टुरेन्टमा पुग्छन् । तर सबै रेष्टुरेन्टमा मेसी पहिलै पुगिसकेको थाहा पाउँछन् । सबै रेष्टुरेन्टका भित्तामा रेष्टुरेन्टका मालिकसँग मेसीको संयुक्त फोटो झुन्डाइएको देखेर उनी निराश हुन्छन् । सबै तस्बिरमा मेसीको अटोग्राफ छ,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१