४ महिना नपुग्दै चितवनका सीडीओ यादवको सरुवा, पौडेललाई जिम्मेवारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ कार्तिक २०८१, बिहीबार ०५:५१

काठमाडौं । चार महिना नपुग्दै चितवनको प्रमुख जिल्ला अधिकारी सरुवा भएका छन् । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव गत जेठ २३ गतेदेखि चितवनको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा गएकोमा ४ महिना नपुग्दै उनी मन्त्रालय तानिएका हुन् ।

गृहमन्त्री रमेश लेखकले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा फाजिलमा रहेका सहसचिव प्रकाश पौडेललाई चितवनको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर यादवलाई मन्त्रालय तानेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१