अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी रिजाललाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ कार्तिक २०८१, बिहीबार ०५:५०

काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव गोविन्द रिजाललाई दिएको छ । गृहमन्त्री रमेश लेखकले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा जगेडामा रहेका सहसचिव रिजाललाई अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

रिजाल यस अघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रोजगार व्यवस्थापन महाशाखा प्रमुख थिए भने त्यस अघि काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए । अध्यागमनका तत्कालीन महानिर्देशक कोशहरि निरौलाको केही दिन मात्रै विभागबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएपछि विभागमा महानिर्देशकको पद रिक्त रहेको थियो । निरौला ६ महिना अघि २०८० चैत ७ देखि विभागको महानिर्देशकको जिम्मेवारीमा थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१