ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड बोक्नुपर्दैनः प्रधानमन्त्री ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ कार्तिक २०८१, आईतवार ०६:३७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिका लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड बोक्नु नपर्ने व्यवस्था गरिएको बताएका छन् । नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने र सोही लाइसेन्स देखाउन सकिने उनले बताएका छन् ।

सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले जरिवाना गर्दासमेत सोही ठाउँबाट डिजिटल भुक्तानी गर्न सकिने उनको भनाइ छ । भोलिदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यलयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने उनले बताएका छन् ।

सरकारले नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिरहेको उनले उल्लेख गरेका छन् । कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा सरकार लागेको पनि उनले बताएका छन् ।

‘सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ। नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने छ। सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको छ। यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ। भोलिदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यलयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने छ। नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिएको छ। कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौं। राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्नेछ भन्ने हामीले आशा राखेका छौं,’– सामाजिक सञ्जालमार्फत उनले जानकारी गराएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, कार्तिक ५, २०८१