इन्टरनेटमा कसरी समय खेर फाल्ने ? अब विश्वविद्यालयले नै सिकाउनेछ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० कार्तिक २०७१, आईतवार ०७:३३
Internet in School
इन्टरनेटमा अफवाहजन्य कुरा पढेर, अनावश्यक भिडियो हेरेर तथा फेसबुक चलाएर धेरै समय खर्च गर्नुपर्दा कतिपय विद्यार्थीहरुले पश्चाताप महसुस गर्छन्, आफुले अध्ययनमा समय दिन नसकेको भन्दै ।
तर, अव भने यस्तो पश्चाताप मान्नु नपर्ने भएको छ । अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयले इन्टरनेटमा कसरी समय खेर फाल्ने भन्ने विषयमा स्नातकोत्तर -मास्टर्स डिग्री)को पढाइ नै सुरु गर्दैछ ।
अमेरिकाको पेन्सील्भेनिया विश्वविद्यालयको अंग्रेजी विभागले अर्को सेमेस्टरदेखि ‘इन्टरनेटमा समय खेर फाल्ने’ सम्बन्धी विषयमा पढाइ सुरु गर्दैछ ।
यो विषय पढ्ने विद्यार्थीहरुलाई तीन घण्टासम्म कम्प्युटरको स्क्रीन हेरिरहन लगाइनेछ । तीन घण्टासम्म विद्यार्थीहरुले लगातार कम्प्युटरमै बसेर च्याट गर्ने, फेसबुक लगायतका सोसल साइट चलाउने, इन्टरनेटमा विभिन्न सामाग्री हेर्ने सुन्ने लगायतका काम गर्नुपर्नेछ । यस्तो कक्षा हप्तामा एक दिन मात्र हुनेछ ।
विद्यार्थीहरुले फगत इन्टरनेट चलाउन मात्र पाउने छैनन् इन्टरनेटमा समयको वर्बादीको लामो इतिहासको समेत खोजी गर्नु पर्नेछ र बेटी फ्रेडन, रेमण्ड विलियम्स तथा जोन केज जस्ता लेखकहरुका लेख र किताबहरुको अध्ययन गर्नुपर्नेछ ।
यो विषयका बारेमा जानकारी दिँदै विश्वविद्यालयको वेबसाइटमा भनिएको छ, ‘हामीले हाम्रो जीवन स्क्रिनको अगाडि बिताइरहेका हुन्छौँ, खासगरी समय खेर फालिरहेका हुन्छौं: सोसल मिडिया चेक गर्ने, क्याट भिडियो हेर्ने, च्याट गर्ने, सपिङ गर्ने गरेर । क्लिक गर्ने, एसएमएस गर्ने, स्टाटस अपडेट गर्ने, तथा फगत इन्टरनेटमा सफिर्ङ गर्ने कामलाई साहित्यको बाध्यकारी तथा संवेगात्मक कार्यको कच्चा पदार्थको रुपमा सिर्ज्ाना गरियो भने के होला ?’
‘के हामीले हाम्रो अटोबायोग्राफीलाई पुनर्निर्माण गर्ने काम फेसबुकको प्रयोग गरेर गर्न सक्छौँ ? के हाम्रो टि्वटर फिडमा घोत्लिएर महान उपन्यास लेख्न सक्छौँ ? अहिलेसम्मकै महान कविता लेख्नका लागि इन्टरनेटलाई माध्यम बनाउन सकिन्छ ?’ विश्वविद्यालयको वेबसाइटमा लेखिएको छ ।
विश्वविद्यालयका अनुसार यो विषय मार्फत ल्यापटप र वाइफाइ इन्टरनेट मात्रलाई शैक्षिक सामाग्रीको रुपमा उपयोग उद्धेश्यविहीन इन्टरनेट प्रयोगलाई साहित्यको वस्तुपरक कार्यका रुपमा रुपान्तरण गरिने छ ।
प्राध्यापक केन्नेथ गोल्डस्मिथ यो विषयका मुख्य अध्यापक हुनेछन् । उनले यसअघि पनि विश्वविद्यालयमा यस्तै अनौठा कोर्सहरु पढाउँदै आएका छन्, जसमा गैरसिर्जनात्मक लेखन तथा विद्यार्थीलाई कागजमा लेख्न बन्देज लगाउने हस्तक्षेपकारी लेखन जस्ता विषय रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१