यूएईमा अवैध बसेका नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० आश्विन २०८१, बुधबार ०६:४७

काठमाण्डाै ।  यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन् ।

भिसा अवधि सकिएर अवैध रूपमा बसिरहेका विदेशी श्रमिक र पर्यटकलाई घर फर्किने अवसर दिन यूएईले आममाफी घोषणा गरेको हो । भिसा पाएर पनि यूएईको अध्यागमन नियम उल्लङ्घन गरेकाहरूले पनि आममाफी पाउनेछन् ।

यही सेप्टेम्बर १ अर्थात् गएको १६ गतेदेखि शुरू भएको आममाफी कार्यक्रम आउँदो अक्टोबर ३० अर्थात् कात्तिक १४ गतेसम्म चल्नेछ । यो नियम पर्यटन, भिसा सकिएका र कम्पनीबाट भागेका आप्रवासी कामदारको हकमा लागू हुनेछ । तर विना भिसा यूएई प्रवेश गरेका व्यक्तिहरूमा भने यो नियम लागू हुने छैन ।

नेपाली दूतावास अबुधाबीले गैरकानूनी रूपले बसोबास गरिरहेका नेपालीलाई आममाफीको सुविधा लिन अनुरोध गरेको छ । प्रक्रिया पूरा गरी नेपाल फर्केको व्यक्ति फेरि यूएई फर्किन चाहे कुनै बाधा नपर्ने पनि दूतावासले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २, २०८१