साढे तीन अर्बको नोट छाप्न करिब एक अर्ब खर्चिँदै राष्ट्र बैंक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ आश्विन २०८१, मंगलवार ०६:२४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरका करिब ३ अर्ब ४० करोड रुपैयाँ बराबरको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिने भएको छ ।

‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन’ नामक चिनियाँ कम्पनीलाई ३४ करोड पिस नोट छाप्ने जिम्मा दिने गरी राष्ट्र बैंकले आशय पत्र स्वीकृत गरेको हो ।

उक्त छपाइका लागि कम्पनीले अमेरिकी डलर ७१ लाख १७ हजार ९३४ खर्च गर्नेछ । हालको विनियम दर अनुसार ९५ करोड ८४ लाख रुपैयाँ प्रस्ताव गरेको थियो । यस अनुसार १० रुपैयाँको एउटा नोट छाप्न २ रुपैयाँ ८२ पैसा खर्च लाग्ने देखिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज ३०, २०८१