१४ वर्षीया आरतीको घाटी थिचेर हत्या ,५८ वर्षीय टेकबहादुर पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ आश्विन २०८१, सोमबार ०६:२७

डडेल्धुरा ।  डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको घाटी थिचेर हत्या गरेको आरोपमा ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका छन्।

घटनाको केही घण्टामै प्रहरीले भण्डारीलाई पक्राउ गरेको थियो। भण्डारीले भट्टराईको हत्या गरेको स्वीकारेपछि आज उनलाई सार्वजनिक गरिएको छ।

पोखरा बजारमा भण्डारी पुस्तक एन्ड स्टेस्नरी पसल छ। भण्डारीले आफ्नै पसलभित्र कोठामा आवेशमा आएर किशोरीको घाँटी थिचेर हत्या गरेको स्वीकारेको डडेल्धुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए। स्थानीयले किशोरीको बलात्कारपछि हत्या गरिएको दाबी गर्दै आएका छन्। प्रहरीसमक्ष भने भण्डारीले किन हत्या गरेको भन्ने विषयमा ठोस बयान दिएका छैनन्।

‘आवेशमा आएर किशोरीको घाँटी थिचेर हत्या गरेको भनेका छन्। किन आवेगमा आएको भन्ने विषयमा कुनै जवाफ दिएका छैनन्’ प्रहरी प्रमुख श्रेष्ठले भने, ‘जबरजस्ती करणी गर्न खोज्दा किशोरीले अस्वीकार गरेपछि आवेशमा आएर हत्या गरेको पनि हुनसक्छ। तर, पोस्टमार्टम रिपोर्ट आइसकेको छैन, आएपछि खुल्छ।’
किशोरीले आफू भारत जाने र केही पैसा चाहिएको भन्दै भण्डारीलाई २३ गते पनि भेटेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ।

हत्यापछि भण्डारीले आरतीको शव बोरामा सामान जस्तै प्याक गरी पसलको बाहिर राखेका थिए। संयोगवश त्यति नै बेला एक प्रहरी पनि त्यहाँ पुगेका थिए। हतारमा पसल बन्द गरेर भाग्ने क्रममा उनको मोटरसाइकल पसल अगाडि नै ढलेपछि नजिकै रहेका प्रहरीले उठाएर सहयोग गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज ३०, २०८१