धौलागिरि आरोहण गर्न गएका पाँच रूसी नागरिकको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ आश्विन २०८१, बुधबार ०६:०९

काठमाडौँ ।  धौलागिरि हिमाल पर्वतारोहण गर्न गएका पाँच जना रूसी नागरिकको मृत्यु भएको छ।

पर्यटन विभागका निर्देशक राकेश गुरूङका अनुसार मंगलबार बिहान पाँच जना रूसी पर्वतारोहीको शव फेला परेको हो।

पाँचै जनाको शव ७ हजार ६०० मिटरको उचाइमा फेला परेको निर्देशक गुरूङले बताए।

१४ जना रूसी नागरिकको समूह पर्वतारोहणका लागि आएका थिए। उनीहरू २०-२२ दिन अगाडि नै आएर पर्वतारोहणका लागि आएका थिए।

धौलागिरि आरोहणका लागि गएका ८ जना आइतबार रातिदेखि नै सम्पर्कविहीन भएका थिए। उनीहरू आइ.ए.एम ट्रेकिङ एजेन्सीमार्फत् आरोहणका लागि गएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१