अभिनेत्री शुभेक्षाको कला यात्राको नालीबेली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ आश्विन २०८१, बुधबार ०६:०५

काठमाडौं । शुभेक्षा खड्का ब्युटी प्याजेन्टको बाटो हुँदै नेपाली रजतपटमा डेब्यु गरेकी अभिनेत्री हुन्। अघिल्लो वर्ष मात्रै उनी लिड रोलमा रहेको फिल्म ‘चित्रा’ प्रदर्शनमा आएको थियो। ब्युटी प्याजेन्ट होस् वा ¥याम्पमा वाक अथवा सिनेमाको पर्दामा अभिनय कलाका जुनसुकै विधामा उनले आफूलाई अब्बल प्रमाणित गरिन्।

१९९४ फेब्रुअरी ७ मा काठमाडौंमा जन्मिएकी शुभेक्षाले ब्युटी प्याजेन्टमार्फत कलाको विधामा इन्ट्री गरेकी थिइन्। २०११ मा मिस ई कलेज–२०११ मा उनले पहिलोपटक भाग लिइन्। जहाँ उनी टप ५ सम्म पुग्दा दुईवटा सबटाइल भने जितिन्।

त्यो प्रतियोगितामा उनलाई धेरैले पहिलो हुनुपर्ने प्रतिस्पर्धी भनिरहेका थिए। तर उनले टाइटल जित्न सकिनन्। ‘मलाई पनि अपेक्षा थियो। तर मेरो भाग्यमा नै यस्तै रहेछ भन्ने भयो’,शुभेक्षा भन्छिन्, “त्यो प्रतियोगिताबाट मैले धेरै कुरा सिकेँ। अझै धेरै गर्नसक्छु भन्ने अठोट गरेँ।’

देशकै ठूलो ब्युटी प्याजेन्ट मिस नेपाल–२०१२ मा सहभागी खडकालाई ठूलो सफलता हात लाग्यो। उनको अठोट र लभावले मिस नेपाल इन्टरनेसनल–२०१२ टाइटल जितिन्। ‘म ती प्रतियोगिता हेर्दिनमात्रै थिएँ, निकै प्रभावित पनि हुन्थेँ । यस्तै प्रतियोगितामा सहभागी भएर विजेता हुन पाए भन्ने लोभ पनि लाग्थ्यो । तर यही बाटो रोज्छु भन्ने निश्चित गरेको थिइनँ,’ उनी आफ्ना अनुभव सुनाउँछिन्।

शुभेक्षा ले मोडलिङ सुरु गरेको १२ वर्ष भयो । जसले उनलाई नाम त दियो नै । सँगै देशका धेरै ब्रान्डसँग काम गर्ने अवसर जुटाइदियो । देशका थुप्रै प्रतिष्ठित कम्पनीको ब्रान्ड एम्बेस्डर भएर काम गरिन्। उनी फिल्ममा नखेले पनि यसलाई नजिकबाट नियालिरहेकी थिइन्। अफर आउँथे। उनलाई अफर स्वीकार गरौँ कि भन्ने पनि लाग्थ्यो। तर फेरि अर्को मनले भन्थ्यो,अझै केही समय कुर्ने की।

तर जब गोविन्द सिंग भण्डारीबाट अफर आयो फिल्मका लागि। निर्देशक भण्डारीको टिम देखेर उनलाई चलचित्रमा काम गर्न रहर लाग्यो । र उनले खेलिन्, रनवीर । उनको यो पहिलो फिल्म हो।

उनले ‘रनवीर’पछि सन्तोष अधिकारीको फिल्म ‘चित्रा’मा अभिनय गरिन्। उनले यसपछि थुप्रै फिल्ममा अभिनय गरेकी थिइन्। उनले थपिन्,‘फिल्ममा पनि काम गर्दैछु। चाँडै नै दर्शकले मलाई ठूलो पर्दामा देख्नु हुनेछ। बाहिरका एजेन्सीसँग पनि टचमा छु। त्यहाँबाट पनि थुप्रै कामको अवसर आइरहेको छ। ती एजेन्सीसँगै अरु पनि काम गर्नेछु।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१