गोकर्णेश्वरले बडादशैं रनिंगशिल्ड फुटबलमा सहभागि टिमलाई खेल सामग्री हस्तान्तरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ आश्विन २०८१, मंगलवार ०५:४१

काठमाडौं । गोकर्णेश्वर युवा उपकार क्लबद्वारा आयोजित २२ औं बडादशैं कप नकआउट रनिंगशिल्ड फुटबल प्रतियोगिताका सहभागि टिमलाई जर्सी लगायतका खेलसामग्री हस्तान्तरण गरिएको छ ।

सोमवार नगर प्रमुख दिपक रिसाल र युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सञ्जय लामाले जर्सी, मोजा, फुटबल लगायतका खेलसामग्री प्रतियोगितामा सहभागी ८ टिमलाई हस्तान्तरण गर्नु भएको हो ।

गोकर्णेश्वर युवा तथा खेलकुद विकास समितिको कार्यालय जोरापाटीबाट खेलाडी तथा टिमका प्रतिनिधिहरुलाई सामग्री हस्तान्तरण गरिएको थियो ।

गोकर्णेश्वर नगरपालिकाले विभिन्न खेलकुदको विकासका लागि कार्य गरिरहेको बताउनु हुँदै अध्यक्ष लामाले खेलाडि र टिमलाई हौसला प्रदान गर्नका लागि जर्सी लगायतका खेल सामग्री हस्तान्तरण गरिएको बताउनु भयो ।

प्रतियोगिता असोज २३ गते बुधवारबाट शुरु हुनेछ । फुटबल नाम्गेल उच्च माध्यामिक विद्यालयको खेल मैदानमा खेलाइने प्रतियोगिताको उद्घाटन वडा अध्यक्ष जयराम महतले गर्नु हुनेछ । उद्घाटन कार्यक्रम बुधवार बिहान ७ बजे हुनेछ ।

प्रतियोगितामा ८ टिम सहभागि हुने क्लबका कोषाध्यक्ष तथा प्रतियोगिताका संयोजक हरिदास श्रेष्ठले जानकारी दिनु भयो । प्रतियोगितामा गोकर्णेश्वर किसिगाल एफसि, गोकर्णेश्वर नाइन ए एफसि, गोकर्णेश्वर हनुमान चोक एफसि, गोकर्णेश्वर नाइन ए एफसि, गोकर्णेश्वर सलखीटार एफसि, गोकर्णेश्वर देशे ए एफसि, गोकर्णेश्वर देशे बी एफसि, गोकर्णेश्वर तालिन्चोक सिक्स ए एफसि, गोकर्णेश्वर तालिन्चोक सिक्स बी एफसि रहेका छन् ।

प्रतियोगितामा प्रथम पुरस्कार हुनेले नगद रु ५० हजारसहित शिल्ड प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु ३० हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१