जय भद्रकाली बिधालयमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ आश्विन २०८१, मंगलवार ०५:३२

काठमाडौं ।  बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ तौलुंगमा रहेको श्री जय भद्रकाली आधारभूत बिधालयमा शुभकामना आदान प्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। बिधालयले यहि असोज १५ गते बिधालय प्रांगणमा आयोजना गरेको कार्यक्रममा सामाजिक परिक्षण प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो भने बिधार्थीहरुलाई स्काउट पोशाक एबम स्टेशनरी सामग्री समेत बितरण गरिएको थियो। कार्यक्रममा बिधार्थीहरुले बिबिध संस्कृतिक प्रस्तुतिहरु दिएका थिए।

विधालयका प्रधानाध्यापक बासुदेब थापाको अध्यक्षतामा संचालित कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारि प्रमुख अतिथिका रुपमा रहेका थिए भने उप प्रमुख अनिता लामा, बिधालय व्यबस्थापन समितिका अध्यक्ष एबम वडा नम्बर १ का वडाध्यक्ष सुरेन्द्र लामा,मदन आश्रित आदर्श आधारभूत बिधालयका प्रअ तथा स्काउट लिडर राजाराम भण्डारी, बिधालय व्यबस्थापन समितिका सदस्यहरु, अभिभावकहरु, शिक्षकहरु एबम बिधार्थिहरुको बाक्लो उपश्थिति रहेको थियो।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा, बिधालय व्यबस्थापन समितिका अध्यक्ष एबम वडा नम्बर १ का वडाध्यक्ष सुरेन्द्र लामा,मदन आश्रित आदर्श आधारभूत बिधालयका प्रअ तथा स्काउट लिडर राजाराम भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको समापन विधालयका प्रधानाध्यापक बासुदेब थापाले गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१