तरंग : पूर्वराजा ज्ञानेन्द्र शाहको भुटान भ्रमणको सन्देश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ आश्विन २०८१, सोमबार ०५:३८

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह चार दिवसीय भुटान भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन् । बिहिबार भुटान पुगेका शाहको थिम्पुमा भव्य स्वागत भएको थियो । शाह परिवारलाई स्वागत गर्न थिम्पु विमानस्थलमा भुटानी अधिराजकुमारी पेमा ल्हादेश वांगचुक पुगेकी थिइन् ।

विमानस्थलबाट राजकीय अतिथिगृहमा पुर्याएर शाही धर्मगुरुबाट अभिषेक र आशिवर्चन प्रदान गरिएको थियो ।

भुटानको राजपरिवारको निम्तोमा शाह छोरी प्ररणा, भतिजी सितास्माका अलावा निजी सहयोगीसहित भुटान पुगेका थिए ।

भुटानबाट फर्कंदा शाहले भुटानका नरेश जिग्मे केशर वागंचुकसँग भेटे । उनीहरुबीच अंकमाल समेत भयो ।

भुटानमा रहँदा शाहले शनिबार भुटानको थिम्पुस्थित पान्चायान मन्दिरमा पुजा अर्चना गरे ।

थिम्पुबाट २४३ किलोमिटर दक्षिणपूर्वमा ३५ वटा नदी मिसिएर बनेको मानस नदीको घाटी क्षेत्रमा अवस्थित गलेपू माइन्डफूल सन्टेनेबल सिटीमा पुगे ।

ज्ञानेन्द्र शाहले भुटानका पूर्वनरेश तथा वर्तमान नरेका पिता जिग्मे सिग्मे वांनचुकसँग पनि भेटवार्ता गरे । उनकी मातासँग पनि भेटे ।

भुटानी राजपरिवारसँग नेपालको पूर्व राजपरिवारको नजिककको सम्बन्ध छ । तर, यसपटकको भुटान भ्रमण भने सन्देशमूलक छ । यसबीच भुटानले पूर्वराजपरिवारलाई न्यानो आतिथ्यता प्रदान गर्नुले तरंग नै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१