बुढानिलकण्ठ वडा नं.१ मा बालबालिकासंग जनप्रतिनिधि कार्यक्रम सम्पन्न (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ आश्विन २०८१, शनिबार ०७:२८

काठमाडौं। बुढानिलकण्ठ नगरपालिका वडा नं.१ को आयोजना र शुभम मल्टीमिडियाको सहजीकरणमा बालबालिकासंग जनप्रतिनिधि कार्यक्रम सम्पन्न गरेको छ । बुढानिलकण्ठ नगरपालिकाका वडा नं.१ को  अध्यक्ष सुरेन्द्र लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सभापति वडा सदस्य बुद्दिमान लामा रहनुभएको थियो भने बिसेष अतिथिमा वडा सदस्य नबिन श्रेष्ठ र वडा सदस्य शर्मिला नेपालिसहितको जनप्रतिनिधिको उपस्थितिमा नबिन श्रेष्ठले स्वागत मन्तब्य राख्नुभएको थियो । बालबालिकाको समस्या गुनासो चासो र सुझाब सहितको अनुरोध कार्यक्रममा जनप्रतिनिधिहरुले बालबालिकाको कुरा सुनेपछि जवाफ दिनुभएको थियो ।

बुढानिलकण्ठ नगरपालिकाका वडा नं.१ को  अध्यक्ष सुरेन्द्र लामाले आफूले नेतृत्व सम्हालेपछि बुढानिलकण्ठ नगरपालिका वडा नं.१  भित्रका बालबालिकाहरुको लागि विभिन्न कार्यक्रम आयोजना गरेको जनाउँदै बालबालिकाहरुकै सल्लाह सुझाव अनुसार वडा नं.१ अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।

आफू निर्वाचित भएपछि किशोरीहरुलाई आत्मरक्षा तालिम, सबै विद्यार्थीहरुलाई जीवनोपयोगी तालिम, साइबर क्राइम  तालिम प्रदान गरेको बताउँदै बाल अधिकारकर्मीहरुले माग गरे बमोजिम सबै सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पोषणयुक्त खाजा र छात्राहरुलाई सेनेटरी प्याडको ब्यवस्था तत्काल नगरपालिका गर्दै आइरहेको जानकारी दिनुभयो  । यस्ता कार्यक्रम आगामी दिनमा पनि राखिने जानकारी गराउनुभयो ।

एक वडा एक पार्कको अवधारणा बालबालिका लक्षित भएकोले चिल्ड्रेन पार्क समेत निर्माण गरिएको जानकारी गराउनुभयो । १२० जना बालबालिकाको उपस्थितिमा भएको कार्यक्रममा  जनप्रतिनिधि आएपछि धेरै राम्रो सहयोग गरेको अनुभव समेत धेरै बालबालिकाले सुनाउनुभयो । वडा सदस्य नबिन श्रेष्ठले बालबालिका भोलिको कर्णधार भएकोले अहिले देखिनै सुसुचित र जानकार हुनुपर्ने बताउनुभयो ।

केहि बालबालिकाले सामुदायिक  विद्यालयको ट्वाईलेटको कुनाकुनामा डस्टबिन नभएको कारण किशोरीहरुका प्याडहरुले दुर्गन्ध बनाएको बताउँदै विद्यालयको ट्वाइलेटहरुमा डस्टबिनको व्यवस्था गर्न माग गरिन् ।

बालबालिकाले सामुदायिक  विद्यालयमा ब्यवस्थित सार्वजनिक पुस्तकालय स्थापना गर्न माग समेत जनप्रतिनिधिसंग गर्नुभएको थियो  । बालबालिकाको अवस्था बिषयक कार्यपत्र सहित अधिकार र उत्प्रेरणा सहितको ११ बजे देखि ३ बजे सम्म चलेको जनप्रतिनिधि र बालबालिका सहितको  कार्यक्रममा राजेन्द्र न्यौपानेले बिसेष   प्रशिक्षण  गर्नुभएको थियो भने पत्रकार  मुकुन्द ढुंगानाले सहजीकरण गर्नुभएको थियो  । कार्यक्रममा प्रमाणपत्र सहित बालबालिकालाइ खाजाको ब्यबस्था गरिएको थियो भने कार्यक्रमको समापन सभापति  तथा  वडा सदस्य  बुद्दिमान लामाले गर्नुभएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज १९, २०८१