२४ बिधामा अवार्ड बाड्दै तेस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८१ सम्पन्न

evccfn@gmail.com' rastriyakhabar
१८ आश्विन २०८१, शुक्रबार २२:२८

काठमाडौं । तेस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८१ को फाईनल कार्यक्रम एक्टिभ म्युजिक प्रा।लि।का प्रवन्ध निर्देशक बिजेन्द्र नौबागेको शभापतित्वमा प्रतिनिधिसभा नेपालकी उपसभामुख ईन्दिरा रानामगर को प्रमुख आतिथ्यता तथा
नेपाल सरकारका पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री परशुराम वाईबा तामाङ को बिशेष आतिथ्यतामा सम्पन्न भयो ।
जमलस्थित सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रम संचालन लोक गायीका रासी रिजालले गर्नु भएको थियो ।
कार्यक्रममा सुप्रिम बोर्डिङ स्कुल सामाखुसीका प्रिन्सिपल ओमकार लम्साल,युवा व्यवसायी साथै समाजसेवी घनस्याम भट्टराई,चलचित्र निर्देशक अमर वली,गायक रुपक डोटेल, सुटमाला सटिङ् एण्ड सुटिङ् सेन्टरका प्रोपाईटर राज कार्की, वरिष्ठ लोक तथा दोहोरी गायक तथा सर्जक कृष्ण स्वर्णकार लगायत समाजका लब्ध प्रतिष्ठित व्यक्ति तथा समाजसेवी एवं ब्यवसायी र संगीत क्षेत्रमा योगदान पुर्याएका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रलाई प्रायोजकको रुपमा बिरुवा गाउँपालिका स्याङ्जा,बिरुवा गाउँपालिका वडा नं.६ स्याङजा ,हरिनास गाउँपालिका स्याङजा , गरिमा बिकास बैंक लिमिडेड,मुक्तिनाथ बिकास बैक लिमिटेड, भट्ट रियल स्टेट एण्ड हाउजिङ प्रा.लि.,डिजिटल काठमाडौं,सुप्रिम बोर्डिङ स्कुल सामाखुसी,मुस्कान ओभरसिज सामाखुसी,सोदिप ट्राभल्स एण्ड टुर्स गोंगबु ,वेलकम ईन्टरनेशनल समाखुसी , सुटमाला बागबजार,काठमाडौं सोफा सेन्टरले सहयोग गरेको थियो भने मिडिया पार्टनरको रुपमा सारखबर डटकम,मिलाप न्युज, रंग दर्पण ,जनआकाश साप्ताहिक तथा नेपाली मिडिया अनलाईन टिभि रहेको थियो ।
कार्यक्रमको प्रशासनिक सपोर्टको कार्य सोसलमिडिया एण्ड लिगल सर्भिसले गरेको थियो ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै बिशेष अतिथि पुर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री परशुराम वाईबा तामाङले पछिल्लो समय कलाकारीतालाई प्रोत्साहनहुने खालका रोयल्टी लगायतका केहि सुधारका पक्षमा कार्य भएपनि अझ अपुग भएकोमा आफु चिन्तित भएको बताउनु भयो ।
यो क्षेत्रमा लागेका बरिष्ठ ब्यक्तित्वहरु समेत औषधि उपचार गर्न नसकेर अकालमा ज्यान जोगाउनु परेको भन्दै कमसेकम राज्यले कलाकाहरुको स्वास्थ्य बिमा गरिदिन सके धेरै राहत पुग्ने उहाँले बताउनु भयो ।
कलाकारीता संग सम्बन्धित रहेर खुलेका संघ संस्थाहरुले पनि अक्षय कोष र भलाई कोष मार्फत यो क्षेत्रमा योगदान पुर्याएका ब्यत्तिहरुको संरक्षण गर्नु पर्नेमा तामाङले जोड दिनु भएको थियो ।
एक्टिभ म्युजिक प्रा.लि.का प्रबन्ध निर्देशक तथा कार्यक्रमका शभापति बिजेन्द्र नौबागेले यो कार्यक्रम कम्पनि या आफ्नो लागि भन्दापनि समग्र गीत संगीत क्षेत्रलाई माथि उठाउन र यो क्षेत्रमा लागेका सर्जक,गायक,गायीका,एरेन्जर,मोडल लगायतलाई प्रोत्साहन गर्न आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रम मार्फत सर्जक सष्टाका प्रतिभाहरुलाई प्रचार प्रसार गराएर आम दर्शक श्रोता सम्म पुर्याउन यो कार्यक्रले निकै महत्वपुर्ण भुमिका निर्वाह गरेको उहाँको भनाई रहेको थियो ।
कार्यक्रमको अवसरमा एक्टिभ संगीत सम्मान तथा गायक सम्मान २०८१ गायक शिव परियार , जज सम्मान २०८१बाट रमेस परियार गितकार,मनोज परियार ध्वनी मिश्रण,होम गैरे गायक /निर्देशक,उमेश गुरुङ म्युजिक भिडियो निर्देशक, दशकौ कला सम्मान २०८१ हास्य कलाकार तथा जादुगर राजेन्द्र गिरी (गुन्द्रुक साँधेर), कला सम्मान २०८१ दिलिप ढकाल, धिराज क्षेत्री मोडल /कलाकार,राशी रिजाल लोक तथा दोहोरी गायिका ,शेर बहादुर रावल मेकअफ आर्टिस, एक्टिभ सम्मान २०८१ देव क्षेत्री , समाजसेवी,लिला खनाल समाजसेवी ,दुर्गा प्रसाद ढकाल युवा व्यवसायि तथा समाजसेवी, डिवी पराजुली मिडिया /समाजसेवी , इनिस बुढाथोकी भिडियो सम्पादक (जन आकास मिडिया) ,सुदिप ज्ञवाली संञ्चारकर्मी लाई सम्मान पत्रबाट सम्मानि गरिएको थियो ।
कार्यक्रममा २४ बिधामा रहेका उत्कृट पात्र घोषणा गर्दै प्रमुख अतिथि तथा बिशिष्ठ अतिथिहरुको हातबाट प्रमाणपत्र तथा अवार्ड(ट्रफी) वितरण गरिएको थियो ।
उत्कृष्टमा परेका बिधा ,गीत र पात्रहरु यस प्रकार छन् ।
सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत
मोहन कार्की — आउन साथि
सर्वोत्कृष्ट आधुनिक गीत गायक
गोविन्द मधुर आचार्य — म मरेको छैन
सर्वोत्कृष्ट आधुनिक गीत गायीका
सदिक्षा कट्टेल — कलेजी खाईहाल्यो
सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत गायक
यज्ञ सापकोटा — पानी पँधेरीमा
सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत गायीका
सुनिता बुढा क्षेत्री — मर्ने सुईलाईदेउ
सर्वोत्कृष्ट आधुनिक गीत नव गायक
ईवेस तिरुवा — तिमि संग
सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत नव गायक
अभिषेक लम्साल — सुपारी कुटुक्कै
सर्वोत्कृष्ट आधुनिक गीत संगीतकार
सुर्यस् गैरे — मिरा हुँ म तिम्रै
सर्वोत्कृष्ट आधुनिक गितकार
आरती परियार — माया धोकेवाज
दुर्गा थापा — सुन्धाराको महल (जुरी अवार्ड)
सर्वोत्कृष्ट लोक आधुनिक गायक
मनिष श्रेष्ठ — कालो चस्मा
सर्वोत्कृष्ट लोक आधुनिक पप गायक
सुरेस राना — भिषा पास
सर्वोत्कृष्ट मौलीक संस्कृती गीत
दिनेस डाँगी — हर हर महादेव
सर्वोत्कृष्ट तामाङ सेलो गित
सुर्य माम्वा — तमर मेहन्दो
मरिचमान तामाङ (एमआरसी) — स्यासु स्याउ दम्मे मह
सर्वोत्कृष्ट लोक तथा दोहोरी शब्द संकलक
सामना शाह — आंशु बर्षात
सर्वोत्कृष्ट लोक तथा दोहोरी लय संकलन
दिपक भट्ट — छुवाछुत
सर्वोत्कृष्ट आधुनिक गित भिडियो निर्देशक
दिपेन्द्र तिमल्सिना — निरमोही
सर्वोत्कृष्ट संगित संयोजक (एरेन्जर)
सुनिल परियार — बनमा खयर
सर्वोत्कृष्ट श्रृङ्गार
मिना श्रेष्ठ — मत नेपाली
सर्वोत्कृष्ट छायाङ्कार
केशब अधिकारी — खोई त दाई टोपी
सर्वोत्कृष्ट बाल गायीका
मञ्जली तामाङ् — मामा भान्जी
सर्वोत्कृष्ट बाल कलाकार
आरिया साही ठकुरी — रातो साडी
सर्वोत्कृष्ट आधुनिक गीत भिडियो मोडल (पुरुष)
शिबन पोखेल — बनपालेको लौरी
सर्वोत्कृष्ट आधुनिक गित भिडियो मोडल (महिला)
सदिक्षा पाण्डे — आंश आंशुको ताल
सर्वोत्कृष्ट लोक तथा दोहोरी गित भिडियो मोडल (पुरुष)
दिपेस एस.के. — माछापोखरी
सर्वोत्कृष्ट लोक तथा दोहोरी गित भिडियो मोडल (महिला)
जुना गुरुङ — उजेली
सर्वोत्कृष्ट लोक तथा दोहोरी गित भिडियो नव मोडल (पुरुष)
राज गजमेर — राजाको दरबार
सर्वोत्कृष्ट लोक तथा दोहोरी गित भिडियो, नव मोडल (महिला)
तुल्सी गरुुङ्ग — रङ्गीन रात

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज १९, २०८१