प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत अनुमोदित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ आश्विन २०८१, बिहीबार ०५:४५

काठमाडौं । भावी प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत अनुमोदित भएका छन् । संसदीय सुनुवाई समितिको  बैठकले राउतलाई सर्वसम्मत अनुमोदन गरेको हो ।

गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । प्रधानन्यायाधीशमा सिफारिस भएका राउतको आज संसदीय सुनुवाइ सकिएसँगै उनको नाम सर्वसम्मतीले अनुमोदन गरिएको छ ।

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ आगामी असोज २० गते उमेर हदका कारण अवकाश जाँदैछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१