बुढानीलकण्ठ नगरपालिकामा वडा नं. ३ को आयोजनामा Open Road Race Championship हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ आश्विन २०८१, बुधबार ०६:०३

काठमाडौं । बुढानिलकण्ठ। बुढानीलकण्ठ नगरपालिकामा खुल्ला सडक दौड प्रतियोगिता आयोजना हुने भएको छ। ।

बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ को आयोजनामा असोज १९ गते (शनिबार) पहिलो Budhanilkantha Open Road Race (10 KM) Championship 2024 हुन लागेको हो ।

आयोजक बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ ले पत्रकार सम्मेलन मार्फत प्रतियोगिता हुने जानकारी दिँदै प्रतियोगितामा सहभागी हुन इच्छुक देश बिदेशका खेलाडिहरुलाई आव्हान गरेको छ ।

बुढानीलकण्ठ नगरपालिकालाई खेल क्षेत्रको एउटा उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्न र खेलाडीहरुलाई खेल खेल्न वातावरण बनाई उत्कृष्टता हासिल गर्न अभिप्रेरित गर्ने उद्देश्यका साथ यस प्रतियोगिता आयोजना गरेको प्रतियोगिता संयोजक एवं वडा नं. ३ का सदस्य विकास तामाङले जानकारी दिएका छन् ।

स्थानीय स्तर साथै राष्ट्रिय स्तरमा संघर्षरत खेलाडीहरुलाई समावेश गरी च्याम्पियनसीप मार्फत स्वयं बुढानीलकण्ठ नगरपालिकालाई खेल क्षेत्रमा प्रचार गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्य लिएको वडा अध्यक्ष आकाश धितालले बताएका छन्।

यस प्रतियोगिता बुढानीलकण्ठ मंदिरबाट सुरु भई वडा नं. ५ मा अवस्थित श्री पञ्चकन्या स्कुल हुँदै टोखा चण्डेश्वरी – टोखा गणेशथान – हात्तिगौडा विष्णुमतीपुल – हात्तिगौडा रामसिता मंदिर -हात्तिगौडा चोक – वडा नं ३ कार्यालय चपली भई नारायणस्थान मंदिरमा टुङ्गिने आयोजकले जानकारी दिएको छ।

उक्त प्रतियोगिता पुरुष र महिला दुवै समुहको लागि हुने बताइएको छ। प्रतियोगिताको विजेताले रु.२० हजार, दोस्रोलाई रु. १५ हजार, तेस्रो हुनेलाई रु. १० हजार पुरस्कार रकम प्रदान गरीने छ भने चौथौ देखी १० औँ सम्मका लाई सान्तवना पुरस्कार रकम रु. १५ सय दिने आयोजकले निर्धारण गरेको छ ।

संयोजक तामाङका अनुसार यस प्रतियोगितामा करिव १५० देखी २०० जना सम्म खेलाडि सहभागी हुने छन् । प्रतियोगितामा देश तथा विदेशी ईच्छुक खेलाडिहरुलाई सहभागीताको लागी उहाँले आव्हान गर्नुभएको छ । प्रतियोगितामा सहभागी हुन यहि आउँदो शुक्रबार २ बजे सम्म नाम दर्ता गर्न आयोजकले अनुरोध समेत गरेको छ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१