प्रसाईविरुद्ध साइबर अपराधका दुईवटा मुद्दा दर्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ आश्विन २०८१, मंगलवार ०६:०७

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला अदालत काठमाडौमा दुईवटा मुद्दा दायर गरेको हो ।

प्रसाईविरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको छ बहने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको छ ।

मुद्दामा प्रसाईलाई अधिकतम ५ वर्ष कैद र एक लाख रुपैंया जरिवानाको माग गरिएको छ ।

प्रसाईलाई यहि असोज ६ मा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१