तारकेश्वर नगरपालिकाका अमिन घुससहित पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ आश्विन २०८१, मंगलवार ०५:४९

काठमाडौं । तारकेश्वर नगरपालिकामा कार्यरत अमिन (करार) ईश्वर चन्द्र चौलागाई जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको अवस्थामा पक्राउ परेका छन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले अमिन ईश्वर चन्द्र चौलागाईलाई सेवाग्राहीबाट रु.२०,०००।-(बीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको रु.३४,०००।– (चौतीस हजार रुपैयाँ) सहित तारकेश्वर नगरपालिका वडा नं. ६ धर्मस्थलीबाट पक्राउ गरेको हो।

चौलागाईलाई २०८१ साल असोज १४ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१