गोकर्णेश्वर नगरपालिकामा उद्यमी महिलाहरुको उद्यमशीलता विकासको लागी उपमेयरको भुमिका विषयक एक दिवसीय कार्यक्रम सम्पन्न (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ आश्विन २०८१, शनिबार ०७:३३

काठमाडौँ । उद्यमी महिलाहरुको उद्यमशीलता विकासको लागी उपमेयरको भुमिका विषयक एक दिवसीय कार्यक्रम गोकर्णेश्वर  नगरपालिका  माकलबारी वडा ८ स्थित जया मल्टीपल क्याम्पसको सभा हलमा सम्पन्न भएको छ । गोकर्णेश्वर  नगरपालिकाको आयोजना र बोष्टर मिडियाको सहजीकरणमा सिता थापा भट्टराईको सभापतिमा  गोकर्णेश्वर  नगरपालिकाका उप प्रमुख सान्नानी लामाको प्रमुख आतिथ्यतामा गोकर्णेश्वर  नगरपालिकाका  विभिन्न पेशा¸ उद्यम र व्यवसायमा संलग्न महिला उद्यमी व्यवसायीहरूको सहभागितामा “महिला उद्यमशीलताको विकास मा उपमेयरको भूमिका  विषयक  कार्यक्रम”  सञ्चालन गरिएको थियो  ।

कार्यक्रममा  महिला उद्यमशीलता विकासका लागि नेपाल सरकारकाले कार्यान्वयनमा ल्याएका विभिन्न नीति तथा कार्यक्रमहरूका साथै महिला उद्यमीहरूले उद्यम¸ व्यवसाय सञ्चालनको सन्दर्भमा भोग्नुपरेका कठिनाइ र चुनौतीका विषयमा समेत विस्तृत छलफल भएको थियो  । कार्यक्रममा गोकर्णेश्वर  नगरपालिकाबाट महिला उद्यमी आबद्ध महिला उद्यमीहरू लगायत विभिन्न पेशा र व्यवसायमा संलग्न महिलाहरू गरी करिब जना ६० जनाको सहभागिता रहेको थियो ।

गोकर्णेश्वर  नगरपालिकाका उप प्रमुख सान्नानी लामाले महिलालाई आर्थिक रूपमा सशक्तीकरण गर्न महिलालाई आर्थिक स्रोत साधन र प्रविधिमा सहज पहुँच सुनिश्चित गर्नुपर्ने, महिलालाई सीप र इलम सिकाई उत्पादनशील काममा आबद्ध गर्नुपर्ने तथा महिला उद्यमी व्यवसायीबाट उत्पादित वस्तु तथा सेवाको उचित बजारीकरण गर्नुपर्ने खाँचो रहेको कुरा औँल्याउनुभयो। महिलाले घरभित्रदेखि घरबाहिरसम्मको बहुमुखी भूमिका निर्वाह गर्नुपरिरहेको सन्दर्भमा उद्यमशीलताको विकासले महिलाको जीवनलाई सहज र सम्मानित बनाउन सहयोग पुग्ने कुरा उहाँले बताउनुभयो ।

कार्यक्रमको शुरुमा बोष्टर मिडियाको अध्यक्ष मुकुन्द ढुंगानाले   महिला उद्यमशीलताको विकासका लागि  नगरपालिकाको तर्फबाट के कस्ता पहलहरू हुन उपयुक्त हुन्छ भन्ने सम्बन्धमा महिला उद्यमीहरूबाट राय सुझाव समेत सङ्कलन गर्ने उद्देश्यले उद्यमी महिलाहरुको उद्यमशीलता विकासको लागी उपमेयरको भुमिका कार्यक्रम राखेको कुरा बताउनुभयो ।

कार्यक्रम गोकर्णेश्वर  नगरपालिकाका लेखा प्रमुख रामजी रायमाझीले  धेरै महिला उद्यमी व्यवसायीहरूको उद्यम व्यवसाय बन्द भई बेरोजगार बस्नुपर्ने स्थितिमा पुगेकोले उनीहरूको पुनःस्थापना र पुनरुत्थानका लागि सम्बन्धित क्षेत्रले प्राथमिकताका साथ सहुलियतपूर्ण कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा गोकर्णेश्वर  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यम नारायण गौलीले उद्यमी महिलाहरुका लागि नेपाल सरकारले कार्यान्वयनमा ल्याएका नीति तथा विभिन्न व्यवस्थाहरुको बारेमा जानकारीमूलक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले महिलालाई राजनैतिक रूपमा मात्र अधिकार दिएर पर्याप्त नहुने र महिलालाई आधुनिक सीप र प्रविधिको ज्ञान दिएर आयआर्जनको कार्यमा बढी भन्दा बढी मात्रामा संलग्न गराई आत्मनिर्भर बनाउन खाँचो रहेको कुरा औँल्याउनुभयो ।

कार्यक्रममा उत्तम पुडासैनी,तारादेबी फुयाल ,फुलमाया गुरुङलगाएत  सहभागीहरूले महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्न नेपाल सरकार तथा वाणिज्य बैङ्कहरूले विभिन्न नीति तथा कार्यक्रमहरू लागू गरेता पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको, अझै पनि महिला उद्यमीहरूले विना धितो सरल रूपमा कर्जा प्राप्त गर्न कठिनाइ रहेको, उत्पादित वस्तुको बजारीकरणमा समस्या रहेको, साना तिना उद्यम व्यवसाय गर्न इच्छुक महिलाहरूलाई स्थानीय तहमा सहुलियत र सुविधा प्राप्त गर्न कठिनाइ रहेको¸ सहुलियतको वितरण न्यायोचित ढंगले हुन नसकेको¸ महिलाको सीप र आधुनिक प्रविधिमा सहज पहुँच स्थापित हुन नसकिरहेकोले यसलाई सबै मिलेर सम्बोधन गर्नुपर्ने खाँचो रहेको कुरा औँल्याउनु भयो । कार्यक्रममा सहभागी वक्ताहरूले जबसम्म महिला आर्थिक रूपमा आफैँ आत्मनिर्भर हुन सक्दैनन् तबसम्म उनीहरू अन्य क्षेत्रमा अघि बढ्न नसक्ने तथा समाजका अरू गतिविधिहरूमा कम मात्रामा मात्र सहभागी हुनसक्ने भएकोले अब राजनीतिक अधिकारसँगसँगै महिलाको आर्थिक विकासलाई पनि राज्यले प्राथमिकता दिएर अघि बढ्नुपर्ने सुझाव राख्नुभयो ।

कार्यक्रमको शुरुमा जया मल्टीपल क्याम्पसका प्रमुख भवानी प्रसाद पौडेलले  कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सहभागी सबैलाई स्वागत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन पत्रकार डी बि पराजुलीले गर्नुभएको थियो ।

    

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज १३, २०८१