कुरा राजनीतिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ कार्तिक २०७१, शनिबार १४:१४

kaha sakchhu ra maकृष्ण के.सी

तपाइहरुको पढ्ने समयलाई मध्य नजर राख्दै मेरा कुरा सिदै बताउन तिर जान्छु, भूमिका बादिरहन तिर समय खर्च गर्दिन।

बिगत लामो समयदेखि तपाईं राजनीतिमा हुनुहुन्छ, कथा लामा छन, दुखी हुनुहुन्छ, खासै शैक्षिक योग्यता बढाउन तिर पनि ध्यान दिनुभएन, केबल राजनीति मात्र गरीबस्नुभयो, हाल सम्म पनि कुनै सफलता पाउनुभएको छैन भने तपाईंले जिन्दगीलाई बर्बाद गर्नुभएको हुन सक्छ। सबजना बिशेश्वर या गान्धी हुँदैनन, सबैजना नेता पनि हुँदैनन, बिशेष समयमा हरेक देशमा बिरलै नेता हुन्छन। यदी तेही सोचेर अझै पनि राजनीतिमा हुनुहुन्छ भने चाँही भनौ तपाईंले गलत बाटो रोज्नुभयो या गलत तरिकाले राजनीतिगर्नुभयो।

 

राजनीति जहिले पनि प्रतिस्पर्दी हुन्छ अनि तपाईं चाहि जहीको तेही? अनि भन्दै हुनुहुन्छ मेरो ईतिहासको मुल्याङ्कन हुहुपर्छ, यदी होइन अब तपाईं प्रतिस्पर्दा गर्न चाहनुहुन्छ भने कि त योग्यता बढाएर बराबरीमा आउनुस् होइन भने तपाईंको ईतिहास छ भन्दैमा बर्तमानमा तपाईं योग्य हुनुहुन्छ भन्ने कुरा गलत हो, ईतिहास छ भने तपाईं सम्मानको लागि योग्य हुनुहुन्छ तर प्रतिस्पर्दाको लागि नहुनु सक्छ।

 

ईतिहास बनाउने कुरा हो, अझै भनिन्छ कि ईतिहास जित्नेहरुको घोडा हो। ईतिहासले बर्तमान बनाउने कुरा पनि होइन, बर्तमानले ईतिहास बनाउने कुरा हो। ईतिहास बिगत हो बर्तमानले भबिश्व निर्धारणा गर्छ भने तपाईं चाहि ईतिहास छ भनेर जिध्दी गर्दै हुनुहुन्छ भने तपाईंको बाटो उल्टो छ, जिन्दगी उल्टो तिरबाट जिउनुभएको छ भन्न सकिन्छ। धन्ना नमान्नुस् तपाईं अभिनन्दन्को लागि योग्य हुनुहुन्छ त्यसै गरौला !

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१