३० लाख मागेको आरोपमा भैंसेपाटीकी इन्स्पेक्टर शाही निलम्बित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०८१, बिहीबार १३:३३

काठमाडौं । बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीको जिम्मेवारी खोसिएको छ ।उपत्यका प्रहरी कार्यालयको निर्देशन अनुसार, यो प्रकरणमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनेको छ । समितिले दिने प्रतिवेदनका आधारमा उनलाई कस्तो किसिमको कारबाही हुने टुंगो लाग्ने बताइएको छ ।

बलात्कारसम्बन्धी घटनामा आर्थिक ‘फाइदा’ लिएको आरोप शाहीमाथि छ । उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले छानबिन समिति गठन भएकझ र यसबारे रिपोर्ट आएपछि थप विषय खुल्ने बताइन् ।
असोज ६ गते केही युवतीले आफूहरुमाथि धाकधम्की भएको भन्दै प्रहरीलाई बोलाएपछि बिनुकै संलग्नतामा बलात्कारसम्बन्धी मुद्दामा आर्थिक चलखेल भएको बताइएको छ । यो घटनामा प्रहरीले पछि तीन जनालाई पक्राउ समेत गरेको छ ।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज १३, २०८१