गोकर्णेश्वर नगरपालिका वडा नं १ ओख्रेनी र मुलखर्कका बासिन्दाहरूलाई लक्षित गरि एम्बुलेन्स हस्तान्तरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०८१, बुधबार ०६:३९

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा निरन्तर उदाहरणीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ। मंगलबार नगरपालिकाको वडा नं १ ओख्रेनी र मुलखर्कका बासिन्दाहरूलाई लक्षित गरि निशुल्क संचालन गर्नेगरी एम्बुलेन्स हस्तान्तरण गरेकाे छ । स्वास्थ्य सेवाबाट कोही पनि नगरबासीहरू बन्चित हुन नपरोस भनेर नगर प्रमुख दिपक रिसाल सहितको नगरपालिकाको टिमले एम्बुलेन्स हस्तान्तरण गरेको हाे ।
“कोही बिरामी पर्दा वा गर्भवती महिलालाई मिनी टाटा वा मानिसले बोकेर मध्य राति अस्पताल लागिएको थाहा पाए पछी सो २ गाउँ मुलखर्क वा ओख्रेनीको लागि मैले ड्राइभर सहित निशुल्क र २४ घण्टा चल्ने गरी यो सेवा प्रदान गरेको छु ” मेयर रिसालको बताएका छन् ।
गोकर्णेश्वर बासीलाई निशुल्क स्वास्थ्य बिमा, नगर अस्पतालबाट बिशेषज्ञ सेवा लगायतका क्षेत्रमा जनातामुखी काम गर्दै आएको नगरपालिकाले छिटो र सहज सेवा पाउन भन्ने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरेको हाे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज १३, २०८१