दुर्गा प्रसाईंले थाले प्रहरी वृत्त सिंहदरबारको हिरासतमै अनसन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०८१, बुधबार ०६:१६

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले प्रहरी हिरासतमै अनसन थालेका छन् ।उनले सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमै अनसन थालेका हुन् ।

आफू क्यान्सरको बिरामी भएको तर प्रहरीले अस्पतालमा नराखी जबरजस्ती हिरासतमा राखेकाले प्रसाईंले हिरासतमै अनसन सुरु भएको उनका कानुन व्यवयासी वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए । उनले प्रसाईं गम्भीर खालको बिरामी भएकाले स्वास्थ्यमा तलमाथि हुने अवस्था रहेपनि प्रहरी गम्भीर बनेको आरोप लगाए ।

वीर अस्पतालले डिस्चार्ज गरिदिएछि प्रहरीले मंगलबार सरकारी वकिल कार्यालयमा बयानका लागि दुर्गालाई लगेको थियो । त्यहाँ २ घण्टा बयान भएपछि उनले पुनः अस्पताल लैजान आग्रह गरेपछि अस्पतालले डिस्चार्ज गरिसकेकाले हिरासतमै राख्ने भनेर प्रहरी सिंहदरबार वृत्तमा लगेको थियो । तर, वृत्तको हिरासतमै राखिएको भन्दै प्रसाईँले विरोध गरेका हुन् ।

साइबर अपराधको आरोपमा प्रहरीले प्रसाईंलाई आइतबार पक्राउ गरेको थियो । उनले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट समेत हालेका छन् भने मंगलबार अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज १३, २०८१