बागमती प्रदेश सरकारले साँखुमा पर्यटन दिवस मनाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ आश्विन २०८१, मंगलवार ०७:४०

काठमाडौँ। बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेशका १३ वटै जिल्लाका संस्कृति र पर्यटन विकासका लागि यस बर्ष विशेष कार्यक्रम गर्ने भएको छ ।

यसका लागि संस्कृति मन्त्रालयले काठमाडौँको शंखरापुर नगरपालिकाको साँखुमा पर्यटन दिवसको अवसर पारेर विशेष कार्यक्रम गर्ने भएको छ ।

बागमती प्रदेश सरकार, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले शंखरापुर नगरपालिकाको क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्त्वलाई उजागर गर्ने कार्यलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्न लागिएको पर्यटन मन्त्री विमल ठकुरीले आज पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।

साँखुका पुरातात्त्विक सम्पदाहरू, शालिनदी, बज्रयोगिनी, मणिचूड र चाँगुनारायण मन्दिर लगायतका क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि मुख्य आकर्षण रहेको भन्दै प्रदेश सरकारले यस बर्षको ४५ औं विश्व पर्यटन दिवसको मुल कार्यक्रम नै साँखुमा गर्ने निर्णय गरेको छ ।

असोज ११ गते शंखरापुरको सांस्कृतिक महत्व झल्किने गरी बिशेष कार्यक्रम गर्ने बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री ठकुरीले बताउनुभयो । बागमती प्रदेशका सबै जिल्लाहरुको प्रतिनिधित्व हुने गरी झाँकीहरु र र्‍याली निकालिने पनि मन्त्री ठकुरीको भनाइ थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज १३, २०८१