विद्यार्थी नआएपछि पश्चिमाञ्चल क्याम्पसमा अटोमोबाइल इन्जिनियरिङको भर्ना रोकियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ आश्विन २०८१, आईतवार ०६:२२

काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतको पश्चिमाञ्चल क्याम्पसले विद्यार्थी संख्या अपुग भएपछि स्नातक तहको अटोमोबाइल इन्जिनियरिङमा भर्ना रोकेको हो ।

क्याम्पसका उपप्रशासक खेम पुराणेका अनुसार भर्नाका लागि प्रथम सूचीमा पर्याप्त विद्यार्थी नआएपछि आईओईको भर्ना निर्देशिका २०८१ अनुसार यस्तो कदम चालिएको हो ।

 

क्याम्पसमा यस शैक्षिक कार्यक्रमका लागि विद्यार्थी कोटा ३६ रहेको छ । यसमध्ये कोर्स सञ्चालन गर्न पहिलो चरणमा २२ जना भर्ना हुनुपर्ने हुन्छ । तर विद्यार्थी न्यून भएपछि भर्ना प्रक्रिया नै स्थगन गर्नुपरेको पुराणेले सुनाए ।

यससँगै क्याम्पसमा चालू शैक्षिक वर्षमा अटोमोबाइल इन्जिनियरिङमा पढाइ नहुने भएको छ । अघिल्ला वर्षहरूमा भर्ना भएका विद्यार्थीहरूको पढाइ भने नरोकिने उनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१