गोकर्णेश्वर नगरपालिका वडा ६ मा साइबर क्राइम सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ आश्विन २०८१, शनिबार १५:५१

काठमाडौं। सूचना प्रविधिको युगमा अवसर संगै समस्या र चुनौतीहरु दिनानुदिन बढिरहेको अवस्थामा यसका जोखिम र निराकरणका उपायहरु खोजी गरी समाजलाई साइवरको आतंकबाट मुक्त गराउने उद्धेश्यका साथ एक दिवसीय साईवर अपराध एवं सुरक्षा विषयक अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा ६  मा ले आयोजना गरेको र्कायक्रमको गोकर्णेश्वर नगरपालिका वडा ६ का पुर्व वडा अध्यक्ष तथा खगेन्द्र नवाजिबन माध्यामिक बिध्यालय ब्यबस्थापन समतिको अध्यक्ष रमेश अर्यालको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा ६ का  वडा अध्यक्ष नवराज लामाको उपस्थितिमा ,शिक्षक, पत्रकार, बुदीजीबी, बिध्यार्थीहरु सहित १२५ भन्दा बढीको संख्यामा सहभागीको उपस्थिति रहेको थियो ।

बिगत १० बर्ष देखि सूचना प्रविधि क्षेत्रका अनुसन्धान कर्ता एवं सूचना प्रविधि सुरक्षा प्रशिक्षक साइबर ब्युरोका बरिष्ठ सहि बिरेन्द्र शिंह धामीको मुख्य प्रशिक्षण रहेको कार्यक्रममा समग्र सूचना प्रविधि नीति, संघीय सरकारका सूचना सुरक्षा मापदण्ड, अव स्थानीय सरकारले चाल्नु पर्ने कदमहरु र आधारभूत सीप विकासको तालिम प्रदान गर्नुभएको थियो । सामाजिक सञ्जालमा नचिनेको व्यक्तिसँग कुराकानी नगर्ने, लेखपढका लागि, नयाँ जानकारीका मोवाइल, ल्यापटप लगायतका सामाग्रीको उपयोग गरौँ, अरूले विदेश लाने, महङ्गो मोवाइल किन्दिनेलगायतका लोभ देखाउँदा विश्वास नगरौं, आफ्नो दाजुदिदी, आमाबुवासँग लुकेर गर्नुपर्ने कुनै पनि कुरा गलत हुन् भन्दै विद्यार्थीलाई साइवर अपराधबारे जानकारी दिनुभयो ।

सामाजिक संजाल दुरुपयोग र यसको नकारात्मक प्रयोगबाट भोग्नु पर्ने क्षति एवं सजायको बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सहभागीहरुले कार्यक्रमको दौरानमा साइवर अपराधको कारण भोगेका पीडाहरु आदानप्रदान गर्दै त्यसको निवाकरणका लागि नेपाल प्रहरी संग गुनासो सुनुवाई गर्न आग्रह समेत राखेका थिए । सहभागी हरुले यस प्रकारको कार्यक्रमले मानिसमा सचेतनाको विकास हुने र समाजमा हुने अपराधिक क्रियाकलापमा न्युनीकरण हुने विश्वास ब्यक्त गर्दै नगरपालिकाका अतिरिक्त बडा स्तरमा, नागरिक स्तरमा र नियमित रुपमा यस प्रकारका प्रभावकारी कार्यक्रम संचालन गर्न सके साइवर सुरक्षाको महत्व झन् बढेर जाने सुझाव समेत प्राप्त भएको थियो । सूचना प्रविधि क्षेत्रमा एक दशक देखि सक्रिय बोष्टर मिडियाको सहजीकरणमा सचालन भएको कार्यक्रमलाई गोकर्णेश्वर नगरपालिका वडा ६ ले आयोजना गरेको थियो । कार्यक्रममा १२५ जना बिद्यार्थीसहितको सहभागीमा  खगेन्द्र नवाजिबन माध्यामिक बिध्यालयको सभाहलमा ९ र १० का बिद्यार्थीको उपस्थितिमा  भब्य रुपमा समापन गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१