शिक्षा दिवसको अवसरमा बुढानिलकण्ठका शिक्षासेवी ,शिक्षक र विद्यार्थीहरु सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ आश्विन २०८१, शनिबार ०६:३२

काठमाण्डौ। शिक्षा दिवसको अवसरमा बुढानिलकण्ठका शिक्षासेवी ,शिक्षक र विद्यार्थीहरु सम्मानित भएका छन।

बुढानिलकण्ठ नगरपालिका शिक्षा ,युवा तथा खेलकुद महाशाखाको आयोजनामा भएको समारोहमा शिक्षा क्षेत्रको विकासमा योगदान पुर्याउने शिक्षासेवी र एस इ इ परिक्षामा उत्कृस्ट नतिजा हाशिल गर्ने शिक्षक तथा विद्यार्थीहरुलाई सम्मानित गरिएको हो।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यता र सामाजिक विकास समितिकी संयोजक शान्ता ढकाल पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा एस इ इ परिक्षामा ४ जिपिए प्राप्त गर्ने विद्यार्थीहरुलाई जनही २५ हजार नगर पुरस्कार सहित सम्मानित गरिएको थियो।

नगरपालिकाको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख ललित विक्रम सिंहले कार्यक्रम माथि प्रकास पार्दै स्वागत मन्तव्य राखेको सो कार्यक्रममा नगर उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्याल सहित विभिन्न वडाका वडा अध्यक्षहरु तथा प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो।

सोहि कार्यक्रममा नगरपालिकामा संचालित सामुदायिक विद्यालयहरुलाई ल्यापटप वितरण गरिनुका साथै संस्थागत र सामुदायिक विद्यालयहरु विच सहकार्यको सम्झौता समेत गरिएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१