सरकारको न्यूनतम साझा कार्यक्रम मन्त्रिपरिषद‍्बाट पारित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ आश्विन २०८१, बिहीबार ०६:०१

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम मन्त्रीपरिषद‍्बाट पारित भएको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले सरकारको सरकारको न्यूनतम साझा कार्यक्रम पारित गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले वर्तमान सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता कार्यान्वयन गर्ने निर्णय भएको बताए । उनले बैठकले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता पारित गरेको पनि बताए ।

यसअघि बुधबार नै सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित चार सदस्यीय कार्यदलले कार्यक्रमको मस्यौदा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुझाएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१