ओलीजी र मैले जेलनेल भोगेका छौं, प्रजातन्त्रको खिलाफमा संविधान संशोधन गर्दैनौंः सभापति देउवा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०८१, बुधबार ०५:५०

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको खिलाफमा संविधान संशोधन नहुने बताएका छन् । आज (मंगलबार) कांग्रेस कानुन विभागले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र आफू प्रजातन्त्रको लागि जेलनेल भोगेर आएको भन्दै खिलाफमा संविधान संशोधन नहुने विश्वास दिलाएका हुन् ।

‘ओलीजी प्रधानमन्त्री हुँदाखेरी उहाँले संविधानमा संशोधन गर्नसक्ने कुरा भन्नुभएको छ, त्यो प्रजातन्त्रको खिलाफमा होईन । प्रजातन्त्रलाई अझ मझ्बुद बनाउने किसिमको सुधार हुने कुरा हुनसक्छ । हामी सबै प्रजातन्त्रका लागि लडेको पार्टी हो ।’ सभापति देउवाले भने, ‘व्यक्तिगत रुपमा भन्ने हो भने मैले ओलीजीलाई पहिलो पटक जेलमा भेटेको । हामी प्रजातन्त्रको लागि विद्यार्थी कालदेखि नै लडेर आएको, जेल, नेल सबै भोगेको पार्टी हो । प्रजातन्त्रको खिलाफमा कुनै काम हुँदैन ।’

साथै, संविधान संशोधनमार्फत प्रदेश संरचना हटाउन सकिने अवस्था नरहेको उनले बताए । प्रदेशलाई उत्तरदायी र परदर्शी बनाउने बारे सोच्नुपर्ने देउवाले बताए । सभापति देउवाले समानुपातिकको सम्बन्धमा केही कुराहरु उठेपनि समावेशीको खिलाफमा जनमत नरहेको पनि बताए ।

नेपालमा अझै पनि महिलाहरुको सम्बन्धमा समस्या रहेको उनले बताए । आदिवासी, जनजाति, महिला, दलित सबैलाई राज्यको शासन प्रणालीमा समावेश गराउन जरुरी रहेको उनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१