धोबीखोलाले बगाएको ट्याक्सी भेटियो, चालक सकुशल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०८१, सोमबार ०६:०४

काठमाडौं ।  काठमाडौंको देवीनगरस्थित धोबिखोलामा खसेको ट्याक्सी भेटिएको छ । हनुमानथान र थापागाउँ जोड्ने पुल नजिकबाट धोबिखोलामा खसेको बा २ ज १७९२ नम्बरको ट्याक्सीलाई बाढीले बगाएको थियो ।

उपत्यका प्रहरी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार ट्याक्सी थापाथलीस्थित वाग्मती नदी र धोवीखोलाको दोभानमा भेटिएको हो । ट्याक्सी चालक चितवनको कालिका नगरपालिका–७ घर भएका ३३ वर्षीय उर्गेन लामालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

उनले ट्याक्सी लिएर बिजुलीबजार हुँदै एकान्तकुनातर्फ जाँदै थिए । चालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१