फोकस नेपालको १२ औं बार्षिकोत्सव तथा “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थााहरुको भुमिका”बिषयक बिचार गोष्ठी सम्पन्न

evccfn@gmail.com' rastriyakhabar
३० भाद्र २०८१, आईतवार १९:३९

काठमाडौं । बिगत एक दशक भन्दा बढी समयबाट सामाजिक कार्यमा बिशेष भुमिका निर्वाह गर्दै आएको फोकस नेपालले आफ्नो स्थापनाको १२ औं बार्षिकोत्सव तथा “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थााहरुको भुमिका”बिषयक बिचार गोष्ठी सम्पन्न भएको छ ।
हात्तिसार स्थित नेपालहाउसमा फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्व तथा राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुर्व मन्त्री तथा नेकपा(एकिकृत समाजवादी)का नेता शेरबहादुर कुँवर , समाजसेवी तथा धार्मिक व्यक्तित्व राम प्रसाद न्यौपाने लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जन—जीवनका लब्ध प्रतिष्ठित महानुभावहरुको आतिथ्यता एवं नागरिक समाजका प्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु, शिक्षा, स्वास्थ्य,उर्जा, पर्यटन, आर्थिक, उद्योगी व्यवसायीका प्रतिनिधिहरु, सञ्चारकर्मीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।
१२ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थााहरुको भुमिका” बिषयमा वक्तहरुले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
वास्तवमा राज्यको आँखा नपुगेको ठाउँ र बिषयहरुलाई उत्थान र उठान गर्ने कार्यमा सामाजिक संघ संस्थाको निकै महत्वपुर्ण भुमिका हुने वक्ताहरुको धारणा रहेको थियो ।


कार्यक्रममा बोल्दै पुर्व मन्त्री तथा नेकपा(एकिकृत समाजवादी)का नेता शेरबहादुर कुँवरले राज्यले गर्नुपर्ने काम फोकस नेपालले गरेको भन्दै फोकस नेपाल परिवारलाई आभार समेत व्यक्त गर्नुभएको थियो ।
समाजको लागि केहि गरेका तथा केहि गरौं भन्ने भावना भएका व्यक्तिहरुलाई आम नागरिक सामु चिनाउन फोकस नेपाल संस्थाले खेलेको भुमिका लाई सकारात्मक रुपमा लिन तथा समाजिक संस्था र सरकारलाई फरक धारमा नहेर्न उपाध्यक्ष घिमिरेले सबैलाई आग्रह समेत गर्नु भएको थियो ।


कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जन—जीवनका लब्ध प्रतिष्ठित महानुभावहरु आतिथ्यता नागरिक समाजका प्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु, शिक्षा, स्वास्थ्य,उर्जा, पर्यटन, आर्थिक, उद्योगी व्यवसायीका प्रतिनिधिहरु, कलाकार तथा सञ्चारकर्मीहरुलाई प्रमुख अतिथिको हात बाट सम्मान गरिएको थियो ।
कार्यक्रम बारे बताउँदै संस्थाका अध्यक्ष रामचन्द्र पोखरेलले श्रष्टा,कलाकार तथा समाजसेवीहरुलाई सम्मान गर्न पाउनु फोकस नेपालको लागि एउटा सुनौलो अवसर भएको बताउनु भयो । पोखरेलले कार्यक्रम सफल बनाउन मन बचन र कर्मले सहयोग गर्नुहुने सबैमा हार्दिक आभार समेत व्यक्त गर्दै सबैको माया र सद्भावले गर्दा यो संस्था १२ बर्ष सम्म निरन्तर अगाडी बढेको यस्तै माया पाई रहे संस्थाले अझ राम्रा र उत्कृष्ट कार्य गर्न सक्ने बताउनु भयो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१