पत्रकार महासंघको केन्द्रीय समितिका लागि ४ असोजमा उम्मेदवारी दर्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० भाद्र २०८१, आईतवार ०६:४७

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको चुनावका लागि ४ असोजमा उम्मेदवारी मनोनयन दर्ता हुने भएको छ । महासंघको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको नयाँ कार्यसमिति चयनका लागि १२ असोजमा मतदान हुने भएको छ ।

मतदान बिहान ९ देखि अपरान्ह ४ बजेसम्म हुनेछ । केन्द्रीय समितिका लागि ४ असोजमा, प्रदेश समितिका लागि ८ असोजमा र जिल्ला समितिका लागि १० असोजमा मनोनयन दर्ता हुने शनिबार निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ । कार्यतालिका अनुसार शनिबार मतदाता नामावली सार्वजनिक हुनेछ ।

पत्रकार महासंघमा गत वर्षदेखि नेतृत्व चयनका लागि प्रत्येक साधारण सदस्यले मतदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

हेर्नुहोस् कार्यतालिका

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१