शरीरमा पानीको कमी भए के हुन्छ ? दैनिक कति लिटर पिउने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० भाद्र २०८१, आईतवार ०६:२२

काठमाडौं।  प्रायः मानिस, शरीरलाई चाहिने पर्याप्त मात्रामा पानी पिउँदैन । अमेरिकाको द नेसनल एकेडेमी अफ मेडिसिनले पुरुषहरूले दैनिक ३.७ लिटर र महिलाहरूले २.७ लिटर पानी खान सुझाएको छ । सुझावमा शरीरमा पर्याप्त मात्रामा पानी नभए नकारात्मक प्रभाव पर्ने बताइएको छ ।

शरीरमा पानीको मात्रा पर्याप्त नभए जोर्नी सुख्खा हुने, व्यायाम गर्दा चाँडै थाकिने र कुनै पनि काम गर्न जाँगर हुँदैन । यसैगरी स्मरण शक्ति बोधो हुने र मुड पनि ताजा हुन पाउँदैन । साथै एकाग्रता पनि हुदैन ।

शरीरमा पानी पुगे नपुगेको हामीले तिर्खा र पिसाबो रंगबाट थाहा पाउन सकिन्छ । तिर्खा लागेन र पिसाबको रंग सफा भए हाम्रो शरीरमा पर्याप्त पानीको मात्रा छ भनेर बुझ्नु पर्छ । साथै शरीरमा पानीको पर्याप्त मात्रा हुँदा मुटुले शरीरका रक्त नलीबाट सजिलै रक्तसञ्चार गर्छ र मांसपेशीमा पनि पर्याप्त रक्तप्रवाह हुन्छ । तर पानीको मात्रा नपुगे हाम्रो मुटुले रक्त नलीहरूबाट शरीरभर रगत पठाउन धेरै मेहनत गर्नुपर्छ ।

यदि शरीरमा पर्याप्त तरल पदार्थ भए मूत्र नली स्वस्थ्य रहन्छ र संक्रमण पनि न्यून हुन्छ । तर पानी कम भएमा पिसाबबाट निस्कने नुन र विभिन्न खनिज मिर्गौलामा जम्छन् र यहि पत्थरीका रुपमा देखा पर्दछ ।

शरीरमा पानीको आपूर्ती गर्न पानी पिउनुका अलावा पानीयुक्त खानेकुरा, फलफूल जस्तै तरबुजा, कांक्रा, सागपात, काँचो ब्रोकाउली, स्याउ, गाजर, चुकन्दर आफ्नो दैनिक भोजनमा समावेश गरे पनि शरीरमा पानीको कमी हुदैन ।

शरीरमा पर्याप्त मात्रामा पानी भए पाचन प्रणालीले राम्ररी काम गर्दछ, कब्जियत हुदैँन । शरीमा पानीको कमी भए माइग्रेनको दुखाइ हुन सक्छ । टाउको दुख्न सक्छ र दुखाइको समय पनि लम्बिन सक्छ । तर पसिना वा पिसाबबाट निस्कन नसक्ने गरी अत्यधिक पानी भने पिउनु हुदैँन । एजेनसीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, मंसिर ६, २०८१