कहिल्यै नमर्ने राजनीतिज्ञ बन्ने संकल्प लिएको छुः प्रचण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० भाद्र २०८१, आईतवार ०५:५३

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असल राजनीतिज्ञले मरेपछि पनि सयौं वर्षसम्म जनताको सेवा गरिरहने बताएका छन् । शनिबार मोरङको ग्रामथान गाउँपालिकामा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले उनले आफूले पनि मरेर पनि कहिल्यै नमर्ने राजनीतिज्ञ बन्ने संकल्पको साथ काम गरिरहेको बताए ।

अहिले आफू जीवनको उत्तरार्धतिर रहँदा पनि डौडधुप गर्न जोश आइरहेको बताए । उनले भने, ‘मलाई जोस आएकै छ । भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा, नेपाली जनताको आर्थिक विकासको पक्षमा जीवनको अन्त्यसम्म लडिराख्ने कसम मैले खाएको छु । मलाई अरु केही गर्नुपर्ने छैन भनिन्छ एउटा असल राजनीतिज्ञ बाँचिन्जे बाँचेर जनताको सेवाको निमित्त समर्पित रहन्छ, मरेपछि पनि आफ्नो कर्मले सयौं वर्ष जनताको सेवा गरिराख्छ । राजनीतिज्ञ कहिल्यै मर्दैन । कहिल्यै नमर्ने राजनीतिज्ञ बन्ने संकल्प मैले लिएको छु ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१