लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०८१, शुक्रबार ०६:३९

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन् । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गर्ने नियुक्त गरेको हो ।

ज्ञवाली यसअघि राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत थिए ।

सीईओका लागि आवेदन दिएकामध्ये सर्टलिष्टमा बिष्णु भट्टराई, रघुराज काफ्ले, सुशील ज्ञवाली, रामदेव यादव र भीष्मराज ढुंगाना परेका थिए । उनीहरुको गत मंगलबार अन्तरवार्ता भएको थियो ।

लगानी बोर्डका सीईओको कार्यकाल चार बर्षको हुन्छ । यसअघिका सीईओ सुशील भट्टको कार्यकाल सकिएपछि सरकारले गत साउनमा नयाँ सीईओ छनोट प्रक्रिया अघि बढाएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१