सर्वाधिक उचाईमा नृत्य गरेर विश्व कीर्तिमान कायम गरेको सुरेन्द्र राई र सुसन तामाङलाई गिनिज बुकको प्रमाण–पत्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०८१, शुक्रबार ०६:०४

काठमाडौँ । नेपाली डान्स क्रु ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र राई र सुसन तामाङले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा आफ्नो नाम दर्ता गर्न सफल भएका छन् । बुधाबार  राष्ट्रपति निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाण–पत्र प्रदान गरे ।  नेपाललाई प्रतिनिधित्व गरेका यो जोडीले जमिनबाट सबैभन्दा अग्लो स्थानमा डान्स कोरियोग्राफी गरेर गिनिज बुकमा रेकर्ड बनाएका हुन् ।

सुसन र सुरेन्द्रले १९ मे, २०२४ अर्थात नेपाली मिति जेठ ६ मा नेपालको सोलुखुम्बुस्थित कालापत्थरमा आफ्नो कला पस्केका थिए । कालापत्थर ५६४४.५ मिटर (१८, ५१९ फिट) अग्लो छ । सुरेन्द्र र सुसनले ५,४४१ मिटर (१७,८५१ फिट) मा रेकर्ड बनाएका हुन् ।

सुसन र सुरेन्द्रले प्रस्तुत गरेको गीतको बोल ‘मन मगन’ रहेको थियो । सुसन र सुरेन्द्रको यो प्रयास फोटोग्राफीमा सौगात कार्की र भिडियोग्राफीमा सोनम केसी र उमेश सापकोटाले साथ दिएका थिए । उनीहरूको यो प्रयासलाई ‘गिनिज वर्ल्ड रेकर्ड’ ले अनुमोदन गरेको छ ।

‘हाम्रा हिमाल र वातावरण संरक्षण, हिमाली जैविक विविधताका विषयमा जनचेतना फैलाउन र नेपालको पर्यटन प्रवर्द्धनका लागि यो कीर्तिमानी प्रयास गरेका हौँ’ सुरेन्द्रले बताए ।

यो जोडीले राखेको कीर्तिमानी रेकर्डको विशेष साक्षीका रूपमा सानु शेर्पा थिए । सानुले आठ हजार मिटरको चौधवटा अग्लो हिमाल दुई पटक सबैभन्दा छिटो आरोहण गरी ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाएका थिए ।

Santosh Chalise Dipak Kumar Rijal Nand Lal Shrestha Bhuwan Das Shrestha Premlal Shrestha Arun Ghimire Surendra Rai Sujan Tamang Suwash Karki Sanjay Lama Subhash Barali Mukunda Dhungana

प्रतिक्रिया