महानायक राजेश हमाल द्वारा बुढानीलकण्ठमा कपडा बैंकको आज उद्घाटन हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ भाद्र २०८१, बिहीबार ०७:११

काठमाडौँ ।  बुढानीलकण्ठ नगरपालिकामा कपडा बैंकको उद्घाटन हुने भएको छ । कोहि कपडा बिहिन नरहून भन्ने मुलमन्त्र लाई आत्मासाथ् गर्दै देशका सातै प्रदेशमा कपडा बैंक संचालनमा ल्याएको क्लोथ बैंक नेपालले बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा यस कार्यक्रम संचालन गर्न लागेको हो ।

भाद्र २७ गते महानायक राजेश हमालद्वारा नगरपालिकामा कपडा बैंकको उद्घाटन हुने नगरपालिकाले जानकारी दिएको छ । उद्घाटन समारोह दिउँसो २ बजे नगरपालिकामा संचालन हुने भएकाले प्रयोगमानआएको लत्ताकपडा, झोला, जुत्ता, बेल्ट तथा पुस्तकपुस्तिकाहरु पुन : प्रशोधन गरेर आवश्यक पर्नेहरु सबैका लागि निःशुल्क वितरण गर्ने यो कार्यक्रममा सहभागी हुन नगरपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१