पूर्व मुख्यमन्त्री कार्कीले तोडे अनसन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ भाद्र २०८१, बिहीबार ०६:१९

विराटनगर ।  कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीको आमरण अनसन तोडिएको छ । उनले उठाएका माग पूरा गर्न‌ कोशी सरकार तयार भएपछि विराटनगर–६ निवासी निर्मला शर्माका ४२ दिनको शिशुको हातबाट जुस पिएर कार्कीले अनसन तोडेका हुन् ।

सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर र आन्तरिक मामिला तथा कानुन मन्त्री लीला वल्लभ अधिकारी वार्ता स्थलमा आएका थिए । मन्त्री अधिकारीले भने, ‘कार्कीले उठाएका माग पुरा गर्न सरकार सकारात्मक छ ।’

पूर्व मुख्यमन्त्री कार्कीले सरकार आफ्ना माग पूरा गर्न सहमति भएकोले अनसन तोडेको बताए ।जनप्रिय कार्यक्रमहरु कटौती भएको भन्दै कार्कीले मंगलबारबाट कोसी प्रदेश सभा नजिकै देवकोटा चोकमा आमरण अनसन शुरु गरेका थिए ।‌

पूर्व मुख्यमन्त्री कार्कीले कोशी सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेन्दार विद्यार्थीलाई दिने छात्रवृत्ति हटाएको, महिला स्वयं सेविकाको प्रोत्साहन भत्ता रोकेको, सुकुम्वासीलाई जग्गा खरिद गर्दा दिने बैंक ब्याज अनुदान सम्बन्धी व्यवस्था बजेटमै कटौती गरेको आदि विषयमा विरोध जनाउँदै कार्कीले आमरण अनसन शुरु गर्नुपरेको बताएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१